काठमाडौं । सरकारी कार्यालयहरू अब सातामा ५ दिन मात्र खुल्ने भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भोलिदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार अब हरेक साता शनिबार र आइतबार सार्वजनिक बिदा हुनेछ ।
मध्यपूर्वमा चर्किएको युद्धका कारण पेट्रालियम पद्धार्थको आपूर्तीमा देखिएको असहजतालाई मध्येनजर गर्दै सातामा दुई दिन बिदा दिने निर्णय गरिएको यनले बताए ।
यसअघि सरकारी कार्यालय शनिबार मात्रै बिदा हुने गरेको थियो ।

