भारतको दुईपांग्रे सवारीमा सबैभन्दा मजबुत स्थानमा हिरो रहेको छ । त्यसैले सबैभन्दा धेरै बिक्री हुने मोडल पनि हिरोकै रहेको छ । भारतीय मोटरसाइकल उत्पादन कम्पनी हिरोको स्प्लेन्डर मोटरसाकल २०१९ अप्रिलमा २ लाख २३ हजार ५ सय ३२ वटा बिक्री भएको छ ।
त्यस्तै १० सर्वाधिक बिक्री हुने मोडलको दोस्रो स्थानमा पनि हिरोकै एचएफ डिलक्स रहेको छ । अप्रिल महिनामा एचएफ डिलक्स १ लाख ८२ हजार २९ वटा बिक्री भएको तथ्यांक छ ।
तेस्रो स्थानमा जापानी मोटरसाइकल उत्पादक कम्पनी होन्डाको सीबी साइन रहेको छ । अप्रिलमा महिनामा भारतमा ८२ हजार ३ सय १५ वटा साइन बिक्री भएको छ । चौथो स्थानमा रहेको बजाज पल्सर ०१९ अप्रिलमा ७५ हजार ५ सय ८९ वटा बिक्री भएको छ । बजाज पल्सरलाई पक्षाएको हिरो ग्ल्यामर पाँचौ स्थानमा रहेको छ । अप्रिलमा ग्ल्यामर ६७ हजार ८ सय २९ वटा बिक्री भएको छ ।
सर्वाधिक बिक्री हुने मोटरसाइकलको सूचीमा छैटौं स्थानमा बजाज प्लाटिना रहेको छ जुन अप्रिलमा ६७ हजार ५ सय ९९ वटा बिकेको हो । सातौं स्थानमा पनि हिरोको प्यासन रहेको छ । यो मोटरसायकल ०१९ को अप्रिलमा ५९ हजार १ सय ३८ वटा बिक्री भएको तथ्यांक छ ।
आठौं स्थानमा रहेको बजाज सीटी ४५ हजार ६ सय ९३ वटा बिक्री हुँदा नवौं स्थानमा टीभीएसको अपाचे रहेको छ । २०१९ को अप्रिलमा टीभीएस अपाचे ४३ हजार ४ सय ९९ वटा बिक्री भएको हो ।
१० सर्वाधिक बिक्री हुने मोडलको १०औं नम्बरमा रोडल इनफिल्डको क्लासिक ३५० रहेको छ । यो मोटरसाइकल अप्रिलमा ३५ हजार १ सय ९६ वटा बिक्री भएको छ ।


