नेपाली बजारमा होन्डको सर्वाधिक बिक्री हुने मोटरसाइकल ‘सीबी–साइन’को लिमिटेड अडिशन आउने भएको छ । लामो समयदेखि १२५ सीसी सेग्मेन्ट लिडरको रुपमा रहेको यो बाइकको लिमिटेड अडिशन ल्याउन लागेको हो ।
आगामी हप्ता भारतीय बजारमा सार्वजनिक हुने होन्डा सीबी साइन लिमिटेड अडिशनको मूल्यमा खासै ठूलो परिर्वतन हुने छैन ।
यो लिमिटेड अडिशन दुई स्टायन्डर्ड कलरमा अप्सनमा आउने छ । रातो–कालो र कालो–सिल्भर कलरमा आउने यो बाइकमा डुअल टोन कलरमा फियुल ट्याकी दिइएको छ । यसका साथै नयाँ ग्राफिकका हेडलाइट यसमा उपलब्ध रहने छ ।
बाइकको इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन् । १२४.७ सीसी एयर कुल्ड सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ७ हजार ५ सय आरपीएममा १० बीएचपी पावर तथा ५ हजार ५ सय आरपीएममा १०.३ एनएम टर्क जेनेरेट गर्छ ।

