‘प्रिमियम ईभी’को झल्को दिने टियागो, पाइन्छ दर्जन बढी खास फिचर

काठमाडौं । टाटा मोटर्सको फ्यामली ह्याचब्याक कार टियागो ईभीमा व्यापक परिवर्तन भएको छ । बाहिरबाट आँखाले देख्ने दर्जन बढी परिमार्जन छन् ।

इन्टेरियरमा पनि कयौं फिचर परिमार्जन गरिएको छ । त्यसैले केही दिनअघि तस्बिर बाहिर आएदेखि नै ‘मिनी प्रिमियम ईभी’को झल्को दिने भनेर चर्चा भइरहेको थियो । टाटाको सफल ह्याचब्याक साँच्चै प्रिमियम लाग्नेगरी बजारमा आएको छ ।

टाटा टियागो ईभीको २०२६ भर्सन भारतीय बजारमा बिक्री सुरू भइसकेको छ । कम्पनीले यसको ब्याट्री साइज र मोटरमा परिमार्जन नगरे पनि अन्य धेरै फिचर परिवर्तन गरेको हो ।

नेपाली बजारमा पनि निकै सफल मानिएको टियागो ईभीको परिमार्जनले धेरैलाई उत्साहित बनाएको छ । टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी अटो शोसम्ममा टियागो ईभी नेपाल ल्याउने छ ।

बाहिरी परिवर्तन

अगाडिको ग्रिल नै परिवर्तन भएर आएको छ । नयाँ टियागो ईभीको फ्रन्ट फेसिया प्रिमियम कारको जस्तो लाग्छ । अगाडि र पछाडि नै नयाँ बम्पर दिइएको छ । साथै, पछाडि कनेक्टेड स्टाइल लाइटले विल्कुलै नयाँ फिल दिन्छ ।

एरो अप्टिमाइज्ड ह्वील डिजाइन, क्लोजअफ ग्रिल, नयाँ डिजाइनको एलईडी डिआरएल र स्लीम एलईडी हेडल्याम्पले नयाँ फिल दिन्छ ।

इन्टेरियर पनि नयाँ

नयाँ टियागोको क्याबिनमा ठूलो परिवर्तन देख्न पाइन्छ । ड्यासबोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट स्क्रीन, टु स्पोक स्टेयरिङ ह्वील, ड्युल टोन ड्यासबोर्ड, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।

यसको इन्टेरियरमा ग्लसी ब्ल्याक फिनिसिङ छ । नयाँ सेन्टर कन्सोलको बनोटले नलोभ्याउने कुरै भएन । समग्रमा टाटाले आफ्नो इन्ट्री लेभल ह्याचब्याकलाई पूर्ण रूपमा रिफ्रेस गरेर ल्याएको छ ।

 

थपिए फिचरको लामो लिस्ट

टाटाले गाडी हेर्न मात्रै परिवर्तन गरेको छैन । समयानुकूल टेक फिचरमा पनि काम गरेको छ । कम्पनीले ३६० डिग्री क्यामेरा, रियर एसी भेन्ट, दुई वटा वायरलेस चार्जर, १०.२५ इन्चको टच स्क्रीन, टायर प्रेसर मोनिटरिङ सिस्टम, ६ वटा स्पीकर दिएको छ ।

कम्पनीले यसका अलावा गाडीमा ६ एयरब्याग, अन्य सुरक्षा फिचरमा अपग्रेड र पहिलेभन्दा ठूलो फास्ट चार्जर सपोर्ट गर्ने बनाएर ल्याएको छ ।


Back_to_top