चांगानको नेपाल आउने नयाँ एसयूभी थाइल्याण्डमा बिक्री सुरू

काठमाडौं । चांगानको नयाँ एसयूभी थाइल्याण्डमा बिक्री सुरू भएको छ । चांगानको नेभो ब्राण्डमा क्यू-०५ नामबाट बिक्री सुरू भएको एसयूभी छिट्टै नेपाल पनि आउने छ ।

चांगानको दीपल ब्राण्ड नेममा नेपाल आउने एसयूभी कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध हुनेछ । दीपल एस-०५ भन्दा केही छोटो साइजमा आउने क्यू-०५ को लम्बाइ ४४३५ एमएम छ । यसको चौडाइ १८५५ एमएम र उचाइ १६०० एमएम छ ।

चांगनका पछिल्ला एसयूभीहरू फ्युचरस्टिक डिजाइन र लग्जरीको लागि परिचित छन् । यसमा पनि आरामदायी यात्राको लागि विशेष ध्यान दिएर गाडी बनाएको बुझ्न कठिन छैन । त्यसैले यसमा २७३५ एमएम लामो ह्वीलबेस दिइएको छ ।

साथै, एरोडाइनामिक्सलाई पनि विशेष ध्यान दिएर तयार पारेको देखिन्छ । कम्पनीका अनुसार यसको ड्रयाग कोफिसियन्ट ०.२६५ सीडी छ । कम्पनीले यसको क्याबिन पनि उत्कृष्ट बनाएको छ । ‘र्याप अराउण्ड डिजाइन’मा आधारित क्याबिनमा १४.६ इन्चको सेन्टर स्क्रीन, १०.१७ इन्चको फुल एलसीडी इन्स्ट्रुमेन्ट क्लष्टर, हाइकार कनेक्टिभिटी उपलब्ध छ ।


थाइल्याण्डको बजारमा हायर स्मार्ट होम अप्लाइनेन्सेससँग यसको कनेक्टिभिटी छ । यसमा बुट स्पेश ५४० लिटरको उपलब्ध छ ।

चांगनले नेभो क्यू-०५ एसयूभीमा १२० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसमा ५१.९ किलोवाट आवर क्षमताको सीएटीएलले उत्पादन गरेको ब्याट्री प्रयोग भएको छ । जसको रेन्ज ४६२ किलोमिटरसम्म हुने कम्पनीको दाबी छ ।

थ्रीसी चार्जर सपोर्ट गर्ने ब्याट्री १५ मिनेट चार्ज गर्दा १२० किलोमिटर सजिलै गुडाउन मिल्ने कम्पनीको दाबी छ । लेभल टु एडास फिचर उपलब्ध एसयूभीमा अटोनोमस इमर्जिन्सी ब्रेकिङ, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट जस्ता फिचर छन् ।

चांगनको ‘डिजिटल फ्लाइङ विग २.०’ डिजाइनमा आधारित एसयूभी हेर्दा निकै आकर्षक देखिएको छ । यसले नेपाली बजारमा बीवाइडी एटो टुदेखि एमजी एस फाइभसम्मका प्रोडक्टसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top