५० लाख मुनिका ईभीको मूल्य घट्छ, आरडीएफ आधा घटाउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँ मुनिको विद्युतीय सवारी साधनको मूल्य घट्ने बताएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको पोष्ट बजेट डिस्कसनमा यस्तो बताएका हुन् ।

उनले आर्थिक ऐनमा उल्लेख गरिएको ५० लाख मुनिका ईभीको सडक निर्माण कर (आरडीएफ) आधा घटाइने बताए । उनले आर्थिक ऐनमा ५० लाख मुनिका ईभीको आरडीएफ २.५ प्रतिशत लेख्नु पर्नेमा छुटेकाले अहिले ५ प्रतिशत भएको बताए । अब त्यसलाई करेक्सन गर्दै आधा घटाइने उनको भनाइ छ ।

५० लाख माथिका ईभीलाई भने आरडीएफ ५ प्रतिशत नै कायम हुने उनले बताए । उनले विगतमा सरकारले ईभीको एडप्सन, पेनिट्रेसन बढाउन सहुलियत दिएको बताए । अहिले सरकारले सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहन गरे पनि १ करोड माथिको ईभी चढेर हिँड्नु विलासिता भएकाले धेरै कर लगाउनु स्वभाविक रहेको उनले बताए ।

प्रस्तुत छ अर्थमन्त्री डा. वाग्ले ईभीको कर बारेमा दिएको स्पष्टिकरणको भावानुवाद

५० लाखभन्दा मुनिको ईभीमा मूल्य घट्दैछ । एउटा सानो फुट नोट छुट्या रहेछ । द्याट वी आर करेक्टिङ । रोड डेभलपमेन्ट फी हाफ हुँदैछ । कस्टम्स ड्युटी हामीले फ्ल्याट गर्यौँ । रोड डेभलपमेन्ट फी एकदम तलकोलाई २.५, अरूलाई स्ट्याण्डर्ड ५ प्रतिशत, भ्याट १३ प्रतिशत छ । एण्ड बियोन्ड द्याट बेस्ट अन प्राइस । यो पनि प्रगतिशीलता हो ।

अब यति ईभीमा धेरैले नबुझेको कुरा चाहिँ के छ भने त्यो फरेन एक्सचेन्जको जुन प्रिभिलेज छ नि, तपाईँ ८/१० हजारको आईसीई गाडी किन्नुभयो भने २५० प्लस हामीले ट्याक्स लगाइदिएका छौँ । ४० लाख जति पर्ला ।

तर, ४०/५० लाख पर्ने ईभीमा फरेन एक्सचेन्ज हाम्रो धेरै गइराख्या छ २०/२२ हजार डलर । म पनि ईभीको पुरानै कस्टमर हुँ । मैले त्यो ईभी २४.३ प्रतिशत कुल ट्याक्स हुँदा किनेको हुँ । १० प्रतिशत कस्टम्स ड्युटी र १३ प्रतिश भ्याट मात्रै थियो । त्यतिबेलाको लागि त्यो जस्टिफाइएबल थियो । एडप्सन बढाउनु थियो, ईभीको पेनिट्रेसन बढाउनु थियो । र, अहिले ईभीको पेनिट्रेसन ह्वात्तै बढ्यो । किनभने ‘वी मेड इट चिप, परह्याप्स टु चिप’ ।

तर अब नेक्स्ट स्टेजमा हामी जानुपर्ने हुन्छ । पब्लिक इलेक्ट्रिफिकेसन र इलेक्ट्रिक ट्रान्सपोर्टको कन्सेप्टहरू आइराख्या छ । पोखरामा सबै डिस्प्लेस गर्दैछौँ । काठमाडौं भिजन २०४० अन्तर्गत यहाँ पनि सबै ई मोबिलिटीमै जाने हो हामी । सो इभेन्चुअली त्यता भयो । प्यासेन्जर भेहिकलमा पनि एडप्सन बढाउने हो । तर, १ करोडको ईभी चढेर हिँड्ने यो विलासी वस्तु हो भनेर स्वीकार गर्नुपर्छ । इट्स अ लक्जरी ।

खाडीबाट दुःख गरेर पठाइदिएका दुर्लभ विदेशी विनिमय साँचेर यहाँको तपाईँको सेकेण्ड गाडी, थर्ड गाडी, विलासी गाडी, लक्जरी एसेसरिलाई सब्सिडाइज धेरै गर्न सकिँदैन । तर ईभी एडप्सन पनि बढाउनु छ । दिस इज ह्वेयर रेस्पोन्सिबल गभर्मेन्ट्स ह्याभ टु ब्यालेन्स दोज पेनफुल चोइसेज ।

सो ह्वाट डिड वी डिसाइड ? ५० लाखभन्दा घटीमा चाहिँ मूल्य घट्छ । यसपालि २० लाख सीआइएफ भएका सबै गाडीहरूमा सबै ट्याक्सहरू थुपार्दा पनि मलाई लाग्छ ४२/४३ लाखमा आउँछ जस्तो लाग्छ । त्यो हिसाब गर्नुहोला। अहिले त्यसमा पनि अतिरञ्जना, भ्रम छरिरहने काम भएको छ। यसमा आई एम ह्याप्पी टु नोट द प्राइम मिनिस्टर वाज स्पेसिफिकली वेरी एडामेन्ट । कि ५० लाखसम्मको गाडीमा चाहिँ नबढाउनु है । त्यो भन्दा माथि चाहिँ त्यसलाई लक्जरीकै एलिमेन्ट हो । फरेन एक्सचेन्जको प्रिभिलेजलाई पनि हामीले चाहिँ फ्याक्टर इन गरौँ भनेर त्यो खालको प्राइसिङ भएको छ ।

आई थिङ्क अनेस्ट बिजनेसम्यान आर ह्याप्पी । पहिला कति तिगडम गर्नुभएको थियो तपाईँहरूले, गर्नुपरेको थियो । नेतानेता कहाँ चहारेर, पिक पावर भन्या छ, ऊ गर्या छ । महालेखाले लखेटिराछ, बेरुजु निकाल्या छ । म आएपछि यो लफडाबाट आउट । विलासिता र प्रोग्रेसिभिटीको सिद्धान्त समातौँं । फरेन एक्सचेन्जको प्रिभिलेजलाई पनि फ्याक्टर इन गरौँ । र सीआईएफ लगाइदिऊँ।

किनकि तपाईँहरूको वस्तु अझै पनि जतिसुकै क्लिन भने पनि त्यहाँ टक्सिसिटीको एलिमेन्ट छ । ब्याट्री कहाँ डिस्पोज गर्नुहुन्छ ? प्लास्टिकको कन्टेन्ट कति हाई छ ? अनि देशैभरि चार्जिङ स्टेशनहरू बनाउनु परेन ? त्यसैले र अहिले गरिएको चार्जिङ डर्टी फ्यूलबाट पनि चार्ज भइरहेको छ अलिकति । इन्डियाबाट आयात गरेका छौँ, कोल बेस्ट हो । त्यसैले इट्स् नट एज क्लिन एज वी लाइक टु क्लेम ।

सबैलाई फ्याक्टर गरेर रिजनड पोलिसी च्वाइस अहिलेको हो । मध्यम वर्गमा ईभीको एडप्सन बढाउन नै हो । लक्जरीलाई लक्जरीकै रूपमा हेर्ने हो । र त्यसरी अगाडि जाउँ भन्ने हिसाबले हामी गएका छौँ ।


Back_to_top