महिन्द्राका एसयूभीले तान्दै ग्राहक, मेमा १०% बढ्यो बिक्री

काठमाडौं । सन् २०२६ लागे यता भारतीय अटोमोबाइल उत्पादक महिन्द्राका एसयूभीले लगातार ग्राहक तानिरहेका छन् । महिन्द्राले बजारमा ल्याएका नयाँ एसयूभीले समग्र बिक्रीमा रफ्तार बढाएको हो ।

महिन्द्राले सन् २०२६ को मे महिनामा मात्रै ५८ हजार २१ युनिट एसयूभी बिक्री गर्न सफल भएको छ । यो सन् २०२५ मेको तुलनामा १०.६६ प्रतिशत अर्थात् ५५९० युनिट धेरै हो । कम्पनीले गत वर्ष मेमा ५२ हजार ४३१ युनिट एसयूभी बिक्री गरेको थियो ।

महिन्द्राको थार, स्कर्पियो एन, बोलेरो, एसयूभी थ्रीएक्सओ, एक्सयूभी सेभेन एक्सओ चर्चित छन् । त्यस्तै, विद्युतीतर्फ महिन्द्रा एक्सईभी ९ ई, बीई सिक्स, एक्सईभी नाइन एसले राम्रो बजार पाइरहेका छन् ।

नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट एक्सईभी ९ ई र बीई सिक्स ईभी पनि राम्रै संख्यामा बेचिरहेको छ ।

महिन्द्राको मेमा कमर्शियल सवारी बिक्रीमा पनि ठूलो वृद्धि देखिएको छ । कम्पनीको तीनपाँग्रे सवारी बिक्री ८९ प्रतिशतले बढेर १२ हजार ५३६ युनिट पुगेको छ । गत वर्ष मेमा जम्मा ६,६३५ युनिट तीनपाँँग्रे सवारी बेचेको थियो ।

त्यस्तै, महिन्दे लाइट कमर्शियल भेहिकल २ टनभन्दा तलको बिक्री ३५ र २ टन माथिको १६ प्रतिशतले बढेको छ । कम्पनीले मेमा झण्डै २४ हजार चारपाँग्रे कमर्शियल बिक्री गरेका हो ।


Back_to_top