मुग्लिन-नारायणगढ सडकमा दुई बस ठोक्किए, सडक अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको जलविरे नजिकै दुई वटा यात्रुवाहक बस एक आपसमा ठोक्किए छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको म.प्र. ०३-००२ ख ७३२ नम्बरको बस र काठमाडौंबाट दाङ जादै गरेको लु. प्र. ०३-००१ ख०५०५ नम्बरको बस ठोक्किएका हुन् । साथै काठमाडौं आउँदै गरेको बा.प्र. ०३९००१ ख १६७१ नम्बरको ट्रक पनि ठोक्किएको छ ।

टुर्घटनामा २ दर्जन बढी यात्रु घाइते भएको बताइएको छ । घाइतेको विस्तृत विवरण आइसकेको छैन् ।

सवारी दुर्घटना भएपछि मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक डिभिजनका अनुसार ठोक्किएका बसहरुलाई हटाउने काम भइरहेको छ ।

वर्षा र पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि बन्द गराएको सो सडकखण्ड बिहान ६ बजे खुलेको थियो ।


Back_to_top