काठमाडौं । कोरियन अटोमोबाइल कम्पनीले कियाले आफ्नो नयाँ एसयूभी ‘सिरोस ईभी’को विवरण सार्वजनिक गरेको छ । कम्पनीले आधिकारिक रूपमा लन्च गर्नु अघि सिरोस ईभीको ७ भेरियन्टको स्पेसिफिकेसन सार्वजनिक गरेको हो ।
कम्पनीले यसअघि नै सिरोस ईभीको बुकिङ खुलाइ सकेको छ । सम्भवतः यही महिनाभित्र बिक्री सुरू हुनेछ ।
सिरोस ईभीमा दुई ब्याट्री अप्सनमा आएकाे छ । यसमा किया कारेन्स क्लाभिस ईभीमा जस्तै ४२ किलोवाट आवरको र ५१.४ किलोवाट आवरको ब्याट्री दिएको छ । जसले एकपटकको फुलचार्जमा क्रमशः ४४३ किमी र ५२६ किमी एमआइडीसी रेन्ज दिने दाबी गरिएको छ ।
सिरो ईभीमा भएको मोटरले १७१ पीएस पावर र २५५ न्युटन मिटर टर्क प्रदान गर्छ । यसको ठूलो ब्याट्री भएको सिरोस ईभी ८.१ सेकेण्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको गतिमा कुद्न सक्छ । डीसी फास्ट चार्जटबाट यो गाडी केवल ३९ मिनेटमा १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
सिरोस कियाको पोर्टफोलियोमा पेट्रोल/डिजेलबाट ईभीमा रुपान्तरण गरेको यो दोस्रो मोडल हो । किया सिरोस ईभी धेरै हदसम्म यसको पेट्रोल/डिजेल संस्करण जस्तै देखिन्छ । तर, यसलाई इलेक्ट्रीक लुक्स दिन डिजाइनमा केही परिवर्तन गरिएको छ ।
यसको अगाडिको भागमा परम्परागत ग्रिलको सट्टा क्लोज ग्रिल र परिमार्जित बम्पर राखिएको छ। गाडीको अगाडिको देब्रे भागमा चार्जिङ फ्ल्याप दिइएको छ । कियाको सिग्नेचर ठाडो ‘आइस क्युब’ एलईडी हेडल्याम्प भने यथावत छ ।
यसको साइडमा मोटो बी पिलर र झ्यालको रेखा माथितर्फ मोडिएको आकर्षक सी पिलर छ। यसमा १७ इन्चको नयाँ डुअल टोन एलोय ह्वील र फ्लस डोर ह्याण्डल दिइएको छ ।
पछाडिको टेलगेटमा स्पष्ट रूपमा ‘ईभी’ ब्याजिङ गरिएको छ। माथिल्लो भागमा जडान गरिएको एल आकारको ठाडो एलईडी टेल ल्याम्प र ट्रयांगुलर विन्डशिल्ड इलेमेन्टसहितको कालो बम्परले यसलाई मस्कुलर लुक्स दिएको छ ।
यसको इन्टेरियर लेआउट पनि पेट्रोल संस्करण जस्तै प्रिमियम छ । यसमा लेआउट १२.३ इन्चको एचडी टचस्क्रीन, १२.३ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले र ५ इन्चको टचस्क्रीन क्लाइमेट कन्ट्रोल प्यानल रहेको छ।
साथै, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, सिफ्ट बाई वायर कोलम सिफ्टर, रिजेनेरेटिभ ब्रेकिङको लागि प्याडल सिफ्टर, रियर एसी भेन्ट, अटो होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक, रियर सनशेड पर्दा, कभर गरिएको फ्रंक र अल ह्वील डिस्क ब्रेक उपलब्ध छ ।
भेरियन्ट अनुसार प्यानोरामिक सनरुफ, हर्मन कार्डन ८ स्पिकर अडियो प्रणाली, अगाडि र पछाडि भेन्टिलेटेड सिटहरू, पावर्ड ड्राइभर सिट, ९५ भन्दा बढी कनेक्ट फंक्सन भएका किआ कनेक्ट २.०, ओभर द एयर सफ्टवेयर अपडेटहरू, वायरलेस फोन चार्जिङ, स्मार्ट ड्यासक्याम, ३६० डिग्री क्यामेरा र भीटुएल सुविधा छ ।
सुरक्षाका लागि भेरियन्ट अनुसार ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल स्टार्ट असिस्ट कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर, भर्चुअल इन्जिन साउण्ड सिस्टम, ३६० डिग्री क्यामेरा, ब्लाइण्ड भ्यू मनिटर, साइड पार्किङ सेन्सर, १६ सुविधा भएको लेभल २ एडास लगायत फिचर छन् ।
भारतीय बजारमा बिक्री सुरू भएसँगै सिरोस ईभी नेपाल आउने उच्च सम्भावना छ ।


