हाभलको पहिलो ईभी नाइमामा लन्च हुने, यस्ता हुने छन् फिचर

काठमाडौं । ग्रेटवाल मोटर्स अन्तर्गको एसयूभी ब्राण्ड हाभलको पहिलो प्योर ईभी मोडल नेपाल आउने भएको छ । साउन २६ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पोमा हाभलको पहिलो ईभी ‘जोलियन म्याक्स’ लन्च हुने भएको हो ।

ग्रेटवाल मोटर्सले आफ्नो इलेक्ट्रीक मोडल ओरा फाइभमा आधारित ब्याट्री प्रयोग गरेर हाभलमा पहिलो ईभी ल्याउन लागेको हो । यसमा १५० किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर उपलब्ध हुनेछ । ब्याट्री भने ओरा फाइभमै भएको ५८.३ किलोवाट आवरको प्रयोग हुने अपेक्षा गरिएको छ ।

यसअघि नेपालमा बिक्री हुँदै आएको ग्यासेलिन हाभल जोलियनभन्दा ठूलो साइजमा उपलब्ध हुने प्योर ईभीको रेन्ज ४०० किलोमिटर आसपास रहने अनुमान गरिएको छ ।

नयाँ जोलियन म्याक्स ईभी पेट्रोलियम पदार्थबाट चल्ने जोलियनभन्दा १२० एमएम लामो, ३ एमएम चौडा, १० एमएम लामो ह्वीलबेस र ६ एमएम होचो हुनेछ । यसले यात्रुका लागि थप केबिन स्पेस र आरामदायी यात्रा अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

हाभलको पहिलो प्योर ईभी मोडलले अधिकतम १२० किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार डीसी फास्ट चार्जर प्रयोग गर्दा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन करिब २० मिनेट मात्र लाग्नेछ ।

ग्रेटवाल मोटर्सले यसमा रहेका अन्य फिचर, क्याबिन फिचरसँगै मूल्यका विषयमा केही जानकारी बाहिर ल्याएको छैन । कम्पनीले यसको अन्तर्राष्ट्रिय बजारमा उपलब्ध स्पेकहरूका बारे पनि कुनै जानकारी बाहिर ल्याएको छैन ।


Back_to_top