केही दिनपछि भारतमा बिक्री सुरु हुँदै एमजी हेक्टर, यी हुन् मुख्य फिचर

काठमाडौं । बेलायती कार ब्रान्ड एमजीले भारतीय बजारमा दमदार प्रवेशको तयारी गरिरहेको छ । एमजीले भारतमा प्रिमियम एसयूभी मार्फत आफ्नो उपस्थिति मजबुत बनाउन लागेको हो । एमजी इन्डियाले भारतीय बजारमा ल्याउने हेक्टरमा विभिन्न आकर्षक विशेषता समेटिएको छ । कम्पनीले गत १५ मेमा भारतीय मिडियालाई गाडी देखाएको थियो ।

यससँगै भारतीय बजारमा भन्दा पहिलादेखि नेपाली बजारमा रहेको एमजीले आफ्नो भारतीय उत्पादनलाई नेपाली बजारमा ल्याउने निश्चित जस्तै छ । हेक्टरले, जीप कम्पास, महिन्द्रा एक्सयूभी ५००, टाटा ह्यारिएरजस्ता उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । केही दिनभित्रै बजारमा आउने एमजी हेक्टरबारे जान्नै पर्ने पाँच तथ्य यस्ता छन् ।

डायमेन्सन

पाँच सिटर प्रिमियम एसयूभी एमजी हेक्टरको लम्बाई ४ हजार ६५५ एमएम, चौडाई १ हजार ८३५ एमएम र उचाई १ हजार ७६० एमएम रहेको छ । यसमा ५सय ८७ लिटरको बुटस्पेस दिइएको कम्पनीले जनाएको छ । 

एक्सटेरियर तथा इन्टेरियरमा आकर्षक विशेषता प्रदान गरिएको यस एसयूभीमा स्पेशियस क्याबिन राखिएको छ । 

कनेक्टिभिटी 

एमजी हेक्टरलाई भारतीय बजारमा सार्वजनिक हुने पहिलो इन्टरनेट कारको रुपमा लिइएको छ । कनेक्टेड कारको रुपमा चिनिएको यस एसयूभीमा ५जी उपलब्ध इ सीम दिइएको छ । आइ स्मार्ट एप मार्फत एसयूभीलाई स्टार्ट, स्टप गर्नुका साथै एसी अन, सनरुफ ओपनिङलगायतका कार्य गर्न  सकिन्छ । तर, यि फिचर नेपाली बजारमा भने सपोर्ट गर्ने छैन ।

इन्फोटेनमेन्ट सिस्टम

यसमा ९० भन्दा बढी भ्वाइस कमान्ड सिस्टम उपलब्ध १०.४ इन्च टेस्ला स्टाइल भर्टिकल इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कमान्ड मोड्युल तथा भ्वाइस कमान्ड मार्फत  सनरुफ, एसी टेप्रेचर, रेडियो, आइ स्मार्ट एप, एन्ड्रोइड अटो, एप्पल कार प्ले, ब्लुटुथ कनेक्टिभिटी सिस्टमको व्यवस्थापन गर्न सकिन्छ । 

आइ स्मार्ट मोबाइल एप

एमजी हेक्टरमा मोबाइल एपको विशेषता दिइएको छ । यसमा एन्ड्रोइड र आइओएस प्रणालीसँगै आइ स्मार्ट कनेक्टिभिटीको विशेषता उपलब्ध छ । यसमा उपलब्ध एपले कम्पनीले दिएको इमर्जेन्सी सर्भिसबारे जानकारी दिने काम गर्छ । 

इलेक्ट्रीक सनरुफ

एमजी हेक्टरमा फुल प्यानोरमिक इलेक्ट्रीक सनरुफ दिइएको छ । भ्वाइस कमान्ड सनरुफ युक्त हेक्टर भित्र इनसाइड मिरर भ्यू लगाइएको छ । 


Back_to_top