हुन्डाईको मनसुन अफरः नगद छुटदेखि फ्रि सर्भिससम्म

काठमाडौं । हुन्डाई गाडीको लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना ‘हुन्डाई मनसुन डिलाइट’ सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकले स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्मको नगद छुटका साथै आकर्षक अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत गाडी एक्सचेन्ज 

 गर्ने ग्राहकले एक्स्चेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन् । 

ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको सुविधा उपलब्ध हुने जनाइएको छ । कम्पनीले आफ्ना सबै मोडलमा ४ वर्षको निःशुल्क सर्भिसिङ तथा ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । 

यो योजनामा गाडी किन्न चाहने ग्राहकले हुन्डाईका नेपालभर रहेका १५ डिलरहरु मार्फत खरिद गर्न सक्ने छन् । 


Back_to_top