भारतले इलेक्ट्रीक सवारीमा ५ प्रतिशत जीएसटी घटाउने

भारत सरकार इलेक्ट्रीक सवारीमा लाग्दै आएको गुड्स एन्ड सर्भिस ट्याक्स (जीएसटी) ५ प्रतिशत कटौती गर्ने भएको छ । हाल भारतमा इलेक्ट्रीक सवारीमा १२ प्रतिशत जीएसटी लाग्दै आएको छ ।

अन्य इन्धन तथा सीएनजीबाट चलने सवारीमा १८ देखि २८ प्रतिशतसम्म जीएसटी लाग्दै आएको छ । भारतको जीएसटी काउनसिलको बैठक जुन २० अर्थात भोली वस्दैछ । उक्त बैठकमा इलेक्ट्रीक सवारीमा लाग्दै आएको जीएसटीमा ५ प्रतिशत कटौती गर्ने प्रस्ताव लाने तयारी भएको भारतीय सञ्चालमाध्यमहरुले जनाएका छन् ।

जीएसटी कटौती भए भारतमा विश्वका सवारी उत्पादकहरुले इलेक्ट्रीक सवारी उत्पादनमा लगानी गर्ने विश्वास गरिएको छ । जसका कारण वातावरणमा समेत सकारात्मक प्रभाव पर्नेछ ।

केही समयअघि भारतीय सवारी उत्पादकहरुको संस्था एसोसिएसन अफ इन्डियन अटोमोबाइल म्यानुफ्याक्चरर्सले सबै सवारीसाधनमा लाग्दै आएको जीएसटी १० प्रतिशतले घटाउन माग गरेका थिए ।


Back_to_top