काठमाडौं । हुन्डाईको लोकप्रिय मिडसाइज एसयूभी क्रेटाको थर्ड जेनेरेशन मोडल आउने पक्का भएको छ । नयाँ डिजाइन, नयाँ प्लेटफर्म, ठूलो आकार र स्ट्रङ हाइब्रिड टेक्नोलोजी सहित नयाँ क्रेटा आउन लागेको हो ।
हुन्डाई इन्डियाले क्यामोफ्लाज गरिएको नयाँ क्रेटाको प्रोटोटाइप भारतका विभिन्न स्थानमा परीक्षण गरिरहेको देखिएको छ । नयाँ पुस्ताको क्रेटाको सबैभन्दा ठूलो परिवर्तन यसको प्लेटफर्ममा हुने बताइएको छ । यसको पुष्टिभने कम्पनीले गरिसकेको छैन ।
नयाँ क्रेटा हुन्डाईको केथ्री आर्किटेक्चरमा आधारित हुने अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा पेट्रोल, डिजेल र विद्युतय मोडलहरू विकास गर्न सकिन्छ ।
सडक परीक्षणमा देखिएका प्रोटोटाइपको आकार हेर्दा नयाँ क्रेटाको तुलनामा लामो, फराकिलो र बढी अग्लो भएको अनुमान गर्न सकिन्छ ।
नयाँ क्रेटाको बाहिरी डिजाइन अहिलेकोभन्दा निकै फरक हुने अपेक्षा गरिएको छ । परीक्षणका क्रममा देखिएको गाडीमा अगाडिको भाग तुलनात्मक रूपमा अग्लो, बडीमा एंलुलर डिजाइन, लामो ह्वीलबेस तथा बढी ठाडो ग्लासहाउस देख्न सकिन्छ ।
नयाँ क्रेटामा रहने इन्जिन लगायतका विवरण अहिलेसम्म बाहिर आएको छैन । तर, कम्पनीले यसलाई पेट्रोल, डिजेल, इलेक्ट्रीक र सीएनजी अप्सनमा ल्याउने छ । नेपाली बजारको लागि पेट्रोल र ईभी भर्सन निकै रोचक हुने अनुमान छ ।
अझ रोचक त हुन्डाईले नयाँ जेनेरेशन क्रेटालाई ठूलो क्षमताको ब्याट्री जोडिएको स्ट्रङ हाइब्रिड सिस्टम ल्याउने चर्चाले गरेको छ ।
नयाँ क्रेटाको बाहिरी डिजाइन र पावरट्रेनसँगै इन्टेरियरमा पनि उल्लेख्य परिवर्तन हुने अपेक्षा गरिएको छ । नयाँ ड्यासबोर्ड लेआउट, ठूलो डिजिटल डिस्प्ले र अत्याधुनिक कनेक्टिभिटी फिचरहरू यसमा समावेश हुनेछन् ।


