नाडा अटो शोको आज अन्तिम दिन

काठमाडौं । काठमाडौंको भृकुटीमण्डमा जारी अटो कुम्भमेला नाडा अटो शो २०२६ को आज अन्तिम दिन रहेको छ । गत मंगलबारदेखि सुरू भएको अटो शो आज दिनभर चल्ने भएको हो ।

नाडा अटो शोमा दुईपाँग्रे, प्यासेन्जर कार र कमर्शियल गरी ५३ ब्राण्डले सहभागिता जनाएका छन् । अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, बीमा लगायत कम्पनीहरूको २०० बढी स्टल रहेका छन् ।

यस वर्ष नाडा अटो शोमा दुईपाँग्रे र चारपाँग्रे गरी करिब २ दर्जन नयाँ मोडलका सवारी लन्च भएका छन् । अटो शोमा नयाँसँगै पुराना ब्राण्डले लन्च गरेका नयाँ मोडलमा ग्राहकको उच्च आकर्षण देखिन्छ । मुख्यगरी ३०-५० लाखका कार, नयाँ मोटरसाइकल र स्कुटरमा अवलोकनकर्ताको चासो देखिन्छ ।

कम्पनीहरूले अटो शोका ग्राहक आकर्षित गर्न आकर्षक छुट दिएका छन् । कम्पनीहरूले लाखौं नगद छुटसँगै सडक कर, बीमा शुल्क निःशुल्क दिएका छन् । साथै, मोेबाइल फोनदेखि विदेश भ्रमणको अफर समेत ल्याएका छन् ।


Back_to_top