बाढीले कटान गर्दा कृष्णभीरमा सडक भासियो, आवतजावत ठप्प

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले नागढुंगा मुग्लिन सडकखण्ड अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित  कृष्णभीरमा कटान गर्दा सडक भासिएको छ ।

आइतबार बिहान भोटेकाशी हुँदै आएको बाढीले भित्तो कटान गर्न कृष्णभीर क्षेत्रको सडक भासिएको हो ।

सडक भासिएसँगै फेरि नागढुंगा-मुग्लिन सडक बन्द भएको छ । आज बिहान केहीबेर अवरुद्ध भएर खुलेको सडक फेरि केही घण्टामै बन्द भएको हो ।

सडक बन्द भएसँगै काठमाडौं भित्रिने र काठमाडौंबाट बाहिरिने सयौं सवारी साधन बीचमै रोकिँदा यात्रुहरू अलपत्र परेका छन् ।


Back_to_top