काठमाडौं । रोयल इनफिल्डको नयाँ हिमालयन ४४० मोटरसाइकल यही शुक्रबार सार्वजनिक हुने भएको छ । रोयल इन्फिल्डले सेप्टेम्बर ४ तारिखमा भारतीय बजारमा नयाँ हिमालयन ४४० बिक्री सुरू गर्ने भएको हो ।
आधिकारिक रुपमा सार्वजनिक हुनुअघि नै नयाँ हिमालयन ४४० शोरुमहरूमा पुगिसकेको छ । नयाँ हिमालयन ४४० रोयल इनफिल्डको स्क्रयाम ४४० मोटरसाइकलकै जे सिरिज इन्जिन प्लेटफर्ममा आधारित छ ।
शोरुममा देखिएको मोटरसाइकलको डिजाइन पुरानो हिमालयन ४११ सँग निकै मिल्दोजुल्दो देखिएको छ । यसमा गोलाकार ओआरभीएम, अग्लो विन्डस्क्रीन, लामो ट्राभल सस्पेन्सन र वायर स्पोक ह्वील देखिन्छ ।
हिमालयन ४४० मा ट्रिपर स्क्रीनसहितको डिजिटल ट्विन पड इन्स्ट्रुमेन्ट क्लस्टर दिइनेछ । यसले ब्लुटुथ कनेक्टिभिटी, एप कनेक्टिभिटी र टर्न बाइ टर्न नेभिगेसनजस्ता सुविधा सपोर्ट गर्नेछ । यद्यपि यसमा प्रयोग हुने अन्य टेक लगायतका फिचरहरूका बारेमा बताइएको छैन ।
४४० हिमालयन साधारण प्रयोगमैत्री ४११ जस्तै ओडबल स्टाइल डिजाइनमा छ । मोटरसाइकलमा ४४३ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई सेर्पा इन्जिन हुनेछ । जुन स्क्रयाम ४४० मा पाइन्छ । यो इन्जिनले अधिकतम २५.४ पीएस पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ ।
धेरै पुराना हिमालयन प्रयोगकर्ताले खोजेको पुरानोको जस्तै सहज र टर्की अनुभव हिमालयन ४४० ले फर्काउन सक्ने अपेक्षा गरिएको छ । यो हिमालयन ४५० भन्दा सस्तो मूल्यमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


