कारमा त्रिपल स्क्रीन, ९४ प्रतिशत यात्रुले गर्दैनन् नियमित प्रयोग

काठमाडौं । पछिल्लो समय कारलाई प्रिमियम बनाउन ड्यासबोर्डमा त्रिपल स्क्रीन प्रयोग गर्ने चलन बढ्दै गए पनि त्यसको प्रयोग भने निकै कम हुने गरेको पाइएको छ ।

नयाँ पुस्ताका गाडीको ड्यासबोर्डमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, इन्फोटेनमेन्ट टचस्क्रीन र अगाडि बस्ने यात्रीका लागि छुट्टै डिस्प्ले राखिएको हुन्छ । तीमध्ये डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र इन्फोटेनमेन्ट टचस्क्रीनको धेरै प्रयोग हुने भए पनि यात्रु डिस्प्ले भने खासै उपयोगी नभएको पाइएको हो ।

‘जेडी पावर २०२६ यूएस टेक एक्सपिरियन्स इन्डेक्स’को पछिल्लो अध्ययनले यस्तो देखाएको हो । अध्ययन अनुसार हरेक पटक गाडी चलाउँदा यात्रुका लागि राखिएको स्क्रीन केबल ६ प्रतिशत मानिसले मात्रै प्रयोग गर्ने गरेको छन् । अर्थात् ९४ प्रतिशत यात्रुले उनीहरूको सुविधाका लागि राखिएको स्क्रीन नै प्रयोग गर्दैनन् ।

अझ रोचक कुरा त के छ भने गाडीमा यात्रु स्क्रीन भएका कुल प्रयोगकर्तामध्ये ३५ प्रतिशतले त यसलाई कहिल्यै प्रयोग नै नगरेको बताएका छन् । यसरी यात्रुकाको सुविधाका लागि राखिएको छुट्टै स्क्रीनमा सबैभन्दा धेरै समस्या आउने गरेको पाइएको छ । त्रिपल स्क्रीन भएका प्रति १०० गाडीमध्ये औसत २१.३ वटामा समस्या दर्ता भएको अध्ययनमा उल्लेख छ । यस्ता यात्रु स्क्रीन भएका गाडीहरूमा समग्र इन्फोटेनमेन्ट (रेडियोरस्क्रीन० प्रणालीमा नै बढी समस्याहरू देखिएका छन्।

सवारी साधनमा केवल आकर्षक प्रविधि थप्नुभन्दा पनि त्यसको प्रभावकारी र समस्यारहित कार्यान्वयन नै ग्राहक सन्तुष्टिको मुख्य कुरा रहेको यो नतिजाले स्पष्ट पारेको छ । थप गरिएका डिस्प्ले र जटिल प्रणालीहरूको तुलनामा पृष्ठभूमिमा शान्तपूर्वक काम गर्ने सरल प्रविधिहरूले सवारी धनीहरूलाई बढी सन्तुष्टि दिने संकेत गरेको छ।

नयाँ डिजिटल प्रविधिभन्दा चालकको ध्यान भंग नगर्ने र पृष्ठभूमिमा सहजै काम गर्ने ‘स्मार्ट टेक’ जस्तै स्मार्ट इग्निसन र स्मार्ट क्लाइमेट कन्ट्रोललाई उपभोक्ताहरूले बढी रुचाएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार गाडी सजिलै स्टार्ट हुने ‘स्मार्ट इग्निसन’ प्रणालीले ग्राहकलाई सबैभन्दा बढी सन्तुष्टि दिएको छ। यसमा प्रति १०० गाडीमा साढे २ वटा मात्र समस्या देखिएका छन्।

जेडी पावरले यो अध्ययन सन् २०२६ मा गाडी किनेको ९० दिन पूरा भइसकेका ६८ हजार ८४ जना नयाँ सवारी चालकको प्रतिक्रियाको आधारमा गरेको हो ।


Back_to_top