पन्च ईभी : तीव्र चार्जिङ र सिप्रदीको सर्भिसले बढाउँदै रफ्तार

काठमाडौं । ईभीको बिक्री  तीव्र गतिमा बढेको नेपाली अटोमोबाइल बजारमा सानो परिवारका लागि उपयुक्त गाडी भने सोच्नै पर्ने अवस्थामा छ । हाइवे र सहरी दुवै क्षेत्रमा चलाउन मिल्ने गाडी खोज्ने उपभोक्ताको लागि टाटा पन्च ईभी अहिले उत्तम विकल्प बनेर आएको हो ।

साइजको आधारमा ४ मिटरभन्दा छोटो लम्बाइ भएको कम्प्याक्ट एसयूभी आफ्नो डिजाइन, पर्याप्त ग्राउण्ड क्लियरेन्स, आधुनिक प्रविधि र दुई फरक ब्याट्री विकल्पमा नेपाली बजारमा बिक्री हुँदै आएको छ ।

टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभीको सानो ब्याट्री भएको भेरियन्ट ३३ लाख ९९ हजार रुपैयाँ र ठूलो ब्याट्री भएको मोडलको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री थालेको छ । नाडा र नाइमामा बुकिङ गर्ने ग्राहकले त्यसमा १ लाख रुपैयाँ नगद छुट पनि प्राप्त गरेका छन् ।

साउन अन्तिम साता नाइमा मोविलिटी एक्स्पो २०२६ मा सार्वजनिक भएको पन्च ईभी २०० युनिट माथि डेलिभरी केबल १५ दिनमा भएको सिप्रदी ट्रेडिङको भनाइ छ । यसले पनि उपभोक्ताको रोजाइमा कुन हदसम्म पर्न सफल भएको छ भन्ने देखाउँछ ।

नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन् । यी दुवै ब्याट्री यसअघि उपलब्ध पन्च ईभीको तुलनामा ५ किलोवाट आवरले बढी क्षमताका हुन् ।

टाटा मोटर्सले पन्च ईभीमा ब्याट्री मात्रै फेरेको छैन । चार्जिङ प्रविधिमा पनि सुधार ल्याएको छ । यसले ६५ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ । कम्पनीका अनुसार ब्याट्रीलाई २० देखि ८० प्रतिशतसम्म केवल २६ मिनेटमा चार्ज गर्न सकिन्छ ।

तीव्र गतिको चार्जिङले पन्च ईभीलाई सहरी प्रयोगसँगै हाइवेमा यात्रा गर्न पनि व्यावहारिक बनाएको छ ।

डिजाइनका हिसाबले पनि नयाँ पन्च ईभीमा केही महत्वपूर्ण परिवर्तन गरिएको छ । टाटाका ठूला ईभी मोडेलबाट प्रेरित १६ इन्चको एरो अप्टिमाइज्ड अलोय ह्वील र पछाडि जडान गरिएका एलईडी टेललाइटले यसलाई आधुनिक देखाएको छ ।

क्याबिनमा पुरानै ड्यासबोर्ड डिजाइनलाई निरन्तरता दिइए पनि नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङको थिम थपिएको छ । यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिनसँगै १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ ।

फिचर सूची पनि निकै लामो छ । वायरलेस फोन चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी र ३६० डिग्री क्यामेरा जस्ता फिचरले पन्चलाई मूल्यभन्दा माथिको अनुभव दिने प्रयास गरेको देखिन्छ ।

सुरक्षाका लागि ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ बिम एसिस्ट जस्ता सुविधा उपलब्ध छन् ।

नेपाली बजारमा पन्चको सबैभन्दा ठूलो बल केवल यसको उत्पादन होइन, पछाडि रहेको सिप्रदीको स्थापित बिक्रीपछिको सेवा नेटवर्क पनि हो । नेपालमा टाटा मोटर्ससँग लामो समयदेखि काम गर्दै आएको सिप्रदीले देशभर बिक्री, सेवा र स्पेयर पाट्र्सको बलियो संरचना निर्माण गरेको छ ।

ईभी बजार विस्तारसँगै कम्पनीले चार्जिङ पूर्वाधार र विद्युतीय सवारीको इकोसिस्टम निर्माणमा पनि लगानी बढाउँदै लगेको छ । ग्राहकलाई गाडी बिक्री गर्नु मात्र नभई चार्जिङ, मर्मतसम्भार, प्राविधिक सहयोग र स्पेयर पाट्र्सको उपलब्धतालाई सहज बनाउने रणनीतिमा सिप्रदीले काम गरिरहेको बुझ्न सकिन्छ ।

नेपाली सडक, सहरी पार्किङको समस्या, सानो परिवारको आवश्यकता र बढ्दो इन्धन खर्चलाई हेर्दा ४ मिटरभन्दा छोटो एसयूभीको अवधारणा आफैंमा नेपालका लागि उपयुक्त छ । त्यसमा पनि नयाँ र ठूलो ब्याट्री, फास्ट चार्जिङ, आधुनिक फिचर र स्थापित बिक्रीपछिको सेवा जोडिँदा टाटा पन्च ईभीले नेपाली बजारको कम्प्याक्ट ईभी सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने देखिएको छ ।

३४ लाख रुपैयाँबाट सुरु हुने मूल्यमा सानो एसयूभीको सहजता र आधुनिक ईभीको प्रविधि खोजिरहेका ग्राहकका लागि पन्च ईभी उत्तम विकल्प बन्न सक्ने देखिन्छ ।


Back_to_top