नयाँ एड्भेन्चर मोटरसाइकल खोज्नेले टीभीएस ‘आरटीएक्स ३००’ नै कुर्नुपर्ने ७ कारण

काठमाडौं । टीभीएस कम्पनीको पहिलो एड्भेन्चर मोटरसाइकल आरटीएक्स ३०० चाँडै नेपाली बजारमा बिक्री सुरू हुँदैछ । नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले गत नाइमा अटो शोमा प्रर्दशन गरेको आरटीएक्स ३०० चाँडै बिक्री थाल्ने तयारी गरिरहेको हो ।

टीभीएसको नयाँ ३०० सीसी इन्जिन प्लेटफर्ममा बनेको आरटीएक्सले भारतीय बजारमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एड्भेन्चर र लामो दूरीको यात्रालाई लक्षित गरी निर्माण गरिएको आरटीएक्स ३०० मा पावरफुल इन्जिन, आकर्षक डिजाइन, अत्याधुनिक इलेक्ट्रोनिक फिचर उपलब्ध छ । जसले आरामदायी राइडिङ अनुभव र प्रिमियम फिल दिन सक्षम छ ।

नयाँ एड्भेन्चर टूरर मोटरसाइकल किन्ने सोच भएका राइडले आरटीएक्स ३०० मोटरसाइकलका किन्न कुर्नु पर्ने ७ कारण बारे यहाँ चर्चा गरेका छौं ।

१. टीभीएसको नयाँ आरटी एक्सडी ४ इन्जिन

आरटीएक्समा २९९.१ सीसीको सिंगल सिलिण्डर, लिक्विड र वाटर कुल्ड, फोर भल्ब, डीओएचसी इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ९००० आरपीएममा ३५ पीएस पावर तथा ७००० आरपीएममा २८.५ एनएम टर्क जेनेरेट गर्छ । टीभीएसले यसको इन्जिनमा डुअल कुलिङ टेक्नोलोजी प्रयोग गरेको छ । जसले लामो यात्रामा पनि इन्जिनको तापक्रमलाई सन्तुलित राख्न मद्दत पुर्याउँछ भने पर्फमेन्समा पनि फरक पार्दैन ।

२. मल्टिपल राइडिङ मोड

यसमा अर्बन, रेन, टुर र र्याली गरी चारवटा राइडिङ मोड उपलब्ध छन् । सडकको अवस्था र यात्राको आवश्यकता अनुसार राइडिङ मोड परिवर्तन गर्न सकिने भएकाले शहरदेखि अफरोडसम्म उत्कृष्ट अनुभव प्राप्त गर्न सकिन्छ ।

३. बाइ-डाइरेक्सनल क्विकशिफ्टर र स्लिप एण्ड असिस्ट क्लच

आरटीएक्स ३०० मा बाइ-डाइरेक्सनल क्विकशिफ्टर उपलब्ध गराइएको छ । यसको सहायताले क्लच प्रयोग नगरी अपसिफ्ट र डाउनसिफ्ट गर्न सकिन्छ । यसले विशेषगरी लामो दूरीको यात्रा तथा अफरोडिङलाई थप सहज बनाउँछ । यसमा दिइएको स्लिप एण्ड असिस्ट क्लच कम क्लच प्रेसरमा सहज गियर सिफ्टिङ गराउने र अचानक डाउनशिफ्ट गर्दा पछाडिको टायर लक हुन नदिने प्रविधि हो ।

४. क्रुज कन्ट्रोलको सुविधा

लामो यात्रालाई आरामदायी बनाउन यसमा क्रुज कन्ट्रोल फिचर दिइएको छ। निश्चित गतिमा मोटरसाइकललाई संचालन गर्न सकिने भएकाले राइडरको थकान कम गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ ।

५. स्मार्ट टीएफटी डिस्प्ले

यसमा ५ इन्चको कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल उपलब्ध छ । टीभीएसको एक्स कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोल तथा म्याप मिररिङ लगायतका स्मार्ट फिचरहरूले यसलाई प्रिमियम बनाएका छन् । यसबाट स्मार्टफोन कनेक्ट गरेर विभिन्न सूचनाहरू सहजै हेर्न सकिन्छ ।

६. ट्रयाक्सन कन्ट्रोल र स्विचेबल एबीएस

अफरोड तथा कठिन बाटोमा उत्कृष्ट नियन्त्रणका लागि आरटीएक्स ३०० मा लिनियर ट्रयाक्सन कन्ट्रोल सिस्टम दिइएको छ । साथै, रियर एबीएसलाई आवश्यकता अनुसार बन्द गर्न सकिने भएकाले अफरोडिङ गर्दा थप नियन्त्रण प्राप्त हुन्छ ।

७. एड्भेन्चर-रेडी सेटअप र ग्राउण्ड क्लियरेन्स

यसमा अगाडि डब्लूपी इन्भर्टेड फोर्क र पछाडि प्रिलोड एड्जस्टेबल मोनोशक सस्पेन्सन सेटअप उपलब्ध छ । १९ इन्चको अगाडिको र १७ इन्चको पछाडिको ह्वील सेटअपसँगै २०० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स छ । यसको ब्लक प्याटर्न ट्युबलेस टायरले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ । यसको ट्राभल सस्पेन्सन सेटअप विशेषगरी नेपालको भौगोलिक अवस्थालाई पनि उपयुक्त हुने खालको छ ।


Back_to_top