सुजुकीले भारतीय बजारमा एक्सेस २५ एसइ स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ६१ हजार ७८८ भारु तोकेको छ । स्कुटर मेटालिक म्याट बोर्डएक्सको साथै, मेटालिक म्याट ब्ल्याक, मेटालिक सोनिक सिल्भर र पर्ल मिराज ह्वाइट गरि चार कलर सहित सार्वजनिक भएको हो ।
यसमा नयाँ ब्ल्याक अलोय ह्वील, लेदर सिट, राउन्ड शेप क्रोम मिरर, स्टान्र्डड डीसी सकेट दिइएको छ । कम्पनीले ड्राइभिङको बेलासमेत स्मार्टफोन चार्ज गर्न सकिने व्यवस्था रहेको जनाएको छ ।
यसमा आल्मुनियम फोर स्ट्रोक १२४ सीसी इन्जिन लगाइएको छ । यसले ७ हजार आरपीएममा ८.५ बीएचपी पावरका ५ हजार आरपीएममा १०.२ एनएम टर्क उत्पादन गर्छ । यसमा वनपुश इजी स्टार्ट सिस्टम र सेट्रल लकिंग सिस्टम, इन बिल्ट युनिक शेफ्टी सटर दिइएको छ ।
१२५ सीसी सेग्मेन्टका स्कुटर उत्पादनमा केन्द्रीत भएको यस कम्पनीले भारतीय बजारमा योसहित सुजुकी एक्सएस १२५, सुजुकी बर्गम्यान स्ट्रिट १२५ सहित तीन स्कुटरको बिक्री गर्दै आएको छ ।


