काठमाडौं । एमजी हेक्टर २०१९ का लागि सोल्ड आउट भएको छ । २७ जुनमा भारतीय बजारमा सार्वजनिक भएको एमजी हेक्टरको बुकिङ २०१९ जुलाई १८ बाट बन्द भएको हो ।
अहिलेसम्म हेक्टर २१ हजार युनिट बुकिङ भएको कम्पनीले जनाएको छ । १२ लाख ८८ हजार देखि १६ लाख ८८ हजार भारु बिक्री मूल्य निर्धारण गरिएको हेक्टरले टाटा ह्यारिएर, जीप कम्पास र हुन्डाई टुसानसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।
कम्पनीले यसको एक्सटेरियर र इन्टेरियरमा आकर्षक विशेषता दिएको छ । टप मोडलमा भने डबल टोन डायमन्ड कट अलोय ह्वील, एलइडी टर्नसिग्नल लाइट, सिल्भर रुफ रेल, सार्क फिन स्पोइलर, रियर विन्डशिल्ड वाइपर, सिम्पल लुकिंग एलइडी टेलल्याम्प, मस्कुलर रियर बम्पर लगायतका विशेषता दिएको छ ।
इन्टेरियरमा पावर एडजस्टेबल सिट, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ३६० डिग्री क्यामरा, प्यानोरमिक रुफ लगाएको छ । यसका साथै, यस मोडलमा आइ स्मार्ट नेक्ट जेनेरेशन सिस्टम दिएको छ ।
हेक्टरको क्याविन एआइ असिस्टबाट नेभिगेसन, क्लाइमेट कन्ट्रोल, सनरुफ अप्रेसन लगायत चलाउन सकिने छ । हेक्टरमा भएको उक्त एआइ वेसलाई माइक्रोसफ्ट इन्टेलिजेन्ट सेक्युरिटी र जियो–फेन्सिङले सुरक्षा प्रदान गरिएको छ ।
हेक्टरमा उपलब्ध १.५ लिटर पेट्रो इन्जिनले १४३ पीएस, २५० एनएम टर्क, ६ स्पीड ट्रान्समिसन र माइलेज १४.१ किलोमिटर प्रतिलिटर दिने बताइएको छ । त्यस्तै डिजेल भर्सजमा २.० लिटर इन्जिन जसले १७० पीएस, ३५० एनएम टर्क, ६ स्पीड ट्रान्समिसन र १७.४ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ ।


