२० मिनेटमा ८० प्रतिशत चार्ज हुने इलेक्ट्रीक कार ‘ज्याज’ ल्याउँदै होन्डा

होन्डाले भारतीय बजारमा इलेक्ट्रीक कार ज्याज सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले २०२० को सुरुवातामा बजारमा आउने इलेक्ट्रीक कार ज्याजमा फास्ट चार्जिङको सुविधा दिएको छ । 

यसको नेपाली भन्सार मूल्य करिब २५ लाख रुपैयाँ हाराहारीमा पर्ने अनुमान गरिएको छ । यसले बजारमा टाटा टिगोर, महिन्द्रा इभेरिटो जस्ता इलेक्ट्रीक कारसँग प्रतिस्पर्धा गर्ने छ ।

टोकियो मोटर शोमा सार्वजनिक भएको ज्याजको परिमार्जित भर्सन हो, ज्याज इभी । कम्पनीले यसको फ्रन्ट राइट एप्रोनमा चार्जिङ पोर्ट लगाएको छ । स्पोर्टी लुकमा निर्माण भएको यो कार २० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ ।  

यसम रेगुलर मोडलको तुलनामा बढी स्पेस रहेको दिइएको छ । यसमा उपलब्ध २० किलोवाटको लिथियम आयन ब्याट्रीले करिब १२० पीएस पावर र २५० एनएम टर्क बराबरको शक्ति प्रदान गर्ने कम्पनीले जनाएको छ । फुल चार्जमा ६ घन्टासम्म चल्ने कम्पनीले जनाएको छ ।


Back_to_top