हुन्डाई भर्नाको देखियो न्यू लुक्स, हाइब्रिड इन्जिनको साथ आउने

हुन्डाईले परिमार्जित स्वरुप र डिजाइनमा निर्माण भैरहेको भर्नाको फेसलिफ्ट भर्सन निर्माणपछि परिक्षणलाई तिब्र बनाएको छ । कम्पनीले २०२० को मध्यमा भारतीय बजारमा प्रदर्शन गर्ने योजना बनाएको भर्ना अगे्रशिप लुक र डिजाइनसँगै आकर्षक सुविधा र थप फिचरसहित आउने भएको हो ।

भर्नाको फेसलिफ्ट भर्सनमा क्यासकेडीङ ग्रिल, ठूलो साइजको हेडल्याम्प, प्रोजेक्टर हेडल्याम्प, पार्किङ ल्याम्प र टर्न इन्डिकेटरजस्ता विशेषता दिएको छ । बम्परमा नयाँ डिजाइन दिइएको भर्नामा नयाँ अलोय ह्वील र भर्टिकल्ली रिफ्लेक्टर लगाइएको छ ।

यसको टेललाइट क्लस्टरसँगै पातलो एलइडी स्ट्रीप दिइएको छ भने, भेन्यूमा दिएको जस्तै कनेक्टेड फिचर पनि भर्नामा आउने छ । 

भर्ना फेसलिफ्टमा १.५ लिटर पेट्रोल र डिजेल इन्जिन अप्शनमा आउने कम्पनीले जनाएको छ । भर्नामा पेट्रोल इन्जिनसँगै ४८ भोल्टको माइल्ड हाइब्रिड सिस्टम दिइएको छ । यसमा उपलब्ध डिजेल इन्जिनले बढीमा १२८ बीएचपी पावर र २५० एनएमटर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ ।  

यसले होन्डा सिटीको नयाँ संस्करणसँगै, मारुती सियाज, टोयोटा यारिस, स्कोडा र्यापिड र फक्सस्वागेन पोलो जीटीलाईनसँग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।


Back_to_top