हिरोको हाइड्रोजनबाट चल्ने बाइक, यस्तो छ कन्सेप्ट

हिरो मोटो कर्प संसारमै सबैभन्दा धेरै मोटरसाइकल उत्पादन गर्ने कम्पनीमा पर्छ । कम्पनीले बेलाबखत बिभिन्न किसिमका कन्सेप्ट मोटरसाइकल ल्याएर प्रदर्शन गर्ने  गरेको छ ।

कम्पनीले कुनै समय ल्याएको हाइड्रोजन फिउल सेलबाट चल्ने ‘आईओएन’ कन्सेप्ट ल्याएको थियो । कम्पनीको उक्त कन्सेप्टलाई आजपनि सबैभन्दा उम्दा भविष्यको कन्सेप्ट बाइकको रुपमा लिने गरिन्छ । 

कुनैपनी हव बिना नै इलेक्ट्रीक मोटरसँग जोडिएको यो कन्सेप्ट बाइक ‘फङ्सन लेस म्याग्नेटिक लेभिटेशन टेक्नोलोजी’मा आधारित रहेर चल्ने बनाइएको थियो । 

लिथियम–एयरबाट चल्ने मेसिन प्रयोग गरिएको यस बाइकले हावामा रहेको लिथियम र अक्सीजनको प्रयोग गर्ने क्षमता राख्छ । कम्पनीले बनाएको यो अनौठो प्रोटोटाईप मोटरसाइकल ० देखि १०० किलोमिटरको रफ्तार भेट्टाउन ५ सेकेन्ड मात्र लगाउने किसिमको थियो । 

१०० किलोग्रामको उक्त कन्सेप्ट बाइकको टप स्पीड १६० किलोमिटर प्रतिघन्टा रहेको थियो । अटोमेटिक गियरमा ल्याइएको यस मोटरसाइकलको कन्सेप्टलाई आजपनि उम्दारुपमा लिने गरेको पाइन्छ ।

पूर्णत डिजिटल कम्प्याक्ट कन्सोलको प्रयोग गरिएको यो कन्सेप्ट बाइक कम्पनीले कहिले उत्पादन गर्छ भन्ने विषयमा अहिलेसम्म केही जानकारी दिइएको छैन । 


Back_to_top