काठमाडौं । सामान ओसार पसार गर्न ईभी सन् २०२६ को जनवरीदेखि अक्टोबर महिनासम्मको अवधिमा १ हजार २ युनिट आयात भएको देखिन्छ । यो सेग्मेन्टमा ईभीभन्दा आइसीई भेहिकल निकै बलियो भएपनि ईभीको संख्या बढ्न थालेको हो ।

चार पाङ्ग्रे प्यासेन्जर कार र लाइट कमर्सियल माइक्रो भ्यानपछि सामान बोक्ने लाइट कमर्सियलमा पनि ईभीले बजार क्रमिक रुपमा बढ्दै गएका हुन् ।
सहरी एरियामा होस् या तराई क्षेत्र । पहाडका बजार हुन् वा सहज यातायातको पहुँच भएका हिमाली जिल्ला सबै ठाँउमा सामान बोक्न ईभीकै प्रयोग बढ्न थालेको छ । खराब सडक भएका एरियामा भने ईभीको उपस्थिति सून्य प्रायः देखिन्छ ।
सन् २०२६ को जनवरीदेखि डिसेम्बरसम्मको आयात तथ्यांकको आधारमा कामाका इलेक्ट्रीक पीकअपले बजारमा एकछत्र राज गरेको देखिन्छ । कामाले १० महिनाको अवधिमा ५४६ युनिट इलेक्ट्रीक पीकअप ल्याएको छ । कामसँग सामान बोक्ने कन्टेनर, पीकअप र फ्रिजरसम्मको अप्सन उपलब्ध देखिन्छ ।

मेगा मोटर्सले बिक्री गर्ने कामाले यो सेग्मेन्टमा झण्डै ५५ प्रतिशत बजार हिस्सा ओगटेको देखिन्छ ।
दोस्रो धेरै इलेक्ट्रीक पीकअप फोटोनले नेपाल ल्याएको छ । एमएडब्लू वृद्धि अन्तर्गत बिक्री वितरण हुँदै आएको फोटोनका पीकअब १० महिनाको अवधिमा १४३ युनिट नेपाल आएका छन् । फोटोनको आयात अनुसार बजार हिस्सा १४ प्रतिशत बजार देखिन्छ ।
यो सूचीको तेस्रो स्थानमा सीजी मोटर्सले बिक्री गर्ने रेडारा पकिअप परेकोा छ । रेडारा पीकअप ५ जना मान्छेसँगै कार्गो स्पेश भएको इलेक्ट्रीक पीकअप हो । कम्पनीले रेडारा पीकअप १०० युनिट ल्याएको देखिन्छ ।
त्यसैगरी सिप्रदी ट्रेडिङले टाटाको इन्ट्रा ईभी पीकअप ८२ युनिट आयात गर्दा डीएफएसी ब्राण्डमा ३० युनिट इलेक्ट्रीक पीकअप नेपाल आएको हो ।
सेन्ट्रल ब्राण्डले २६ युनिट आयात गर्दा डबल क्याब पीकअप बिक्री गर्दै आएको मेक्ससले पनि २० युनिट पीकअप ल्याएको देखिन्छ । स्वीच ब्राण्डका १८ युनिट पीकअप आउँदा अन्य बिभिन्न ब्राण्डका गरेर ३७ युनिट विद्युतीय कार्गो बोक्ने गाडी नेपाल आएका छन् ।

