काठमाडौं । बजाज पल्सरको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ को पोखरा गत सनिबार सम्मपन्न भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आयोजना गरेको आरपीएमको पोखारा संस्करणमा ३ हजारभन्दा बढी दर्शकको उत्साहजनक सहभागिता रहेको थियो ।
पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा पल्सर एन१६० मार्फत प्रस्तुत गरिएका रोमाञ्चक मोटरसाइकल स्टन्ट गरिएको थियो । त्यस्तै, फ्रिस्टाइल र स्ट्याटिक्स विधामा आयोजित क्यालिस्थेनिक्स प्रतियोगितामा खेलाडीहरूले आफ्नो शारीरिक क्षमता, सन्तुलन र कौशल प्रदर्शन गरेका थिए ।
कार्यक्रममा स्थानीय बीएमएक्स राइडर, स्केटबोर्डर, ब्रेकिङ कलाकार, ग्राफिटी आर्टिस्ट तथा आर्म रेस्लिङका सहभागीहरूले पनि आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रमस्थलमा पल्सर एन१६० र एनएस२०० को प्रदर्शनका साथै टेस्ट राइड कार्यक्रम समेत आयोजना गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं र बुटवलमा सफल आयोजना भइसकेको पल्सर आरपीएमको पोखरा संस्करणले स्थानीय प्रतिभा र युवा समुदायलाई एउटै मञ्चमा जोड्दै नेपालमा स्ट्रीट कल्चर तथा एक्सन स्पोर्ट्सको विकासमा योगदान पुर्याउने आफ्नो उद्देश्यलाई थप बलियो बनाएको कम्पनीको विश्वास छ ।

