यामाहा स्कुटर किन्दा सरस्वतीले जितिन १० लाख

काठमाडौं । यामाहाको रेजेडआर स्कुटर किन्दा बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् ।

यामाहा नेपालको जारी चाडपर्व लक्षित अभियान ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अन्तर्गत उनले ग्रान्ड प्राइज जित्न सफल भएकी हुन् ।

रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम बाइकर्ज बुटवल प्रालिबाट यामाहा रेजेडआर १२५ एफआई स्ट्रीट र्याली हाइब्रिड मोडल खरिद गरेकी थिइन । सोही खरिदमार्फत उनले १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक पाएकी हुन् ।

यस जितले यामाहाले ग्राहकलाई केवल राइडिङको अनुभवमा मात्र सीमित नराखी थप मूल्य र पुरस्कार प्रदान गर्दै यामाहा स्वामित्वको खुसीलाई अझ विशेष र यादगार बनाउने प्रतिबद्धता झल्काउँछ ।

रायमाझीले ग्रान्ड प्राइज जितिसके पनि यामाहाको चाडपर्वको उत्साह अझै जारी छ । ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्राहकहरूले अझै पनि यामाहा खरिदमार्फत सहभागी भई आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन ।


Back_to_top