टेस्लाको इलेक्ट्रीक बाइक ! कहिले आउला बजारमा

अमेरिकाको इलेक्ट्रीक कार उत्पदाक कम्पनी टेस्ला इलेक्ट्रीक कारकै कारण संसार भर चर्चित रहेको छ । हालसम्म उत्पदनमा भएका इलेक्ट्रीक कार मध्ये टेस्लाका उत्पादन निक्कै रुचाइएको छ । टेस्लाले उत्पादन गरेका इलेक्ट्रीक कार इमालेज तथा डिजाइनका हिसाबले आकर्षक बनेको छ । 

केही वर्षअघि टेस्लाले इलेक्ट्रीक मोटरसाइकलको कन्सेप्ट डिजाइन सार्वजनिक गरेको थियो । डिजाइनमा टेस्लाको इलेक्ट्रीक मोटरसाइकल निक्कै सफा देखिएको छ । कम्पनीले यसलाई भिन्टेज स्टाइलमा बनाउने योजना बनाएको हो । 

पछिल्लो समय टेस्लाले यसबारेमा कुनै कुरा बाहीर ल्याएको छैन । इलेक्ट्रीक सवारीलाई विश्वभर नै प्राथमिकता दिइएको अवस्थामा टेस्लाले मोटरसाइकल बजारमा ल्याउन सक्छ । युरोपेली देशहरुले समयसीमा नै तोकेर इलेक्ट्रीक सवारीमात्र दर्ता गर्न पाइने नीति अख्तियार गरेको छ । 

भारत सरकारले २०२३ सम्ममा दुई तथा तीनपांग्रे सवारी इलेक्ट्रीक मात्र दर्ता गर्ने घोषणा गरेको छ । त्यस्तै नेपाल सरकारले पनि इलेक्ट्रीक सवारीलाई प्राथमिकता दिने नीति लिएको छ । 


Back_to_top