काठमाडौं । उड्भेन्चर मोटरसाइकलमा युवा पुस्ताको आकर्षण बढ्दै गएको छ । यस्तोमा युवाहरुलाई आफ्नो उत्पादन तर्फ तान्न विभिन्न कम्पनीहरुले अफरहरु ल्याईरहेका हुन्छन् । यस्तोमा टेकन मोटरको नेपालको लागी आधिकारीक विक्रेता मोटरहेड नेपालले टेकन बाइकको खरिदमा नयाँ अफर ल्याएको छ ।
कम्पनीले एड्भेन्चर टुरर टेकन २५०, टेकन स्पोट्स २५० र स्क्रयाम्बलर बाइक नेपाली बजारमा बिक्री तथा बितरण गर्दै आएको छ ।
कम्पनीले टेकन बाइकको खरिद कर्तालाई नगद तथा बिभिन्न छुटको योजना ल्याएको समेत ल्याएको छ । टेकन बाइकको खरिदमा ग्राहकले ५ हजार नगद छुट, हेलमेट, तेस्रो पक्ष बीमा तथा एक वर्षको रोड ट्याक्स निःशुल्क प्रदान गर्ने जनाएको छ ।
२ भेरीयन्टमा बजारमा उपलब्ध रहेको टेकन २५० मा २२३ सीसी सिगंल सिलिन्डर ४ स्टोक एयर कूल्ड इन्जिन रहेको छ । यो इन्जिनले २२ बीएच पावर र १७ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिनमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । १४ लिटरको फ्यूल क्षमता रहेको यो बाइकले ४० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । १३२ किलो तौल गरेको यो बाइक प्रतिघन्टा १२० किलोमिटरको स्पीडमा कुद्रन सक्छ ।
यो बाइकको एड्भेन्चर मोडलको मूल्य ३ लाख ७५ हजार रुपैयाँ रहेको छ । टेकन २५० स्पोट्सको मूल्य ३ लाख ६५ हजार र स्क्रयाम्बलर बाइकको मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ ।


