चाँगुनारायणमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर । काभ्रेका नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ । 

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ । 


Back_to_top