बजाजले पल्सर १५० लाई नयाँ ग्राफिक्ससहित बजारमा ल्याएको छ । यसको नाम कम्पनीले नियोन दिएको छ ।
यो बाइकल यसअघि रातो कलरमा क्लासिक नामसहित आएको थियो भने अब पहेलो कलरमा नियोन नामबाट बजारमा ल्याएको छ । यी मोडलमा कलर बाहेक अन्य परिमार्जन गरिएको छैन ।
यसमा दिइएको १४९ सीसी फोर स्टा«ेक २ भल्भ ट्वाइन स्पार्क एयर कुल्ड डिटिएस–आई इन्जिनले ८ हजार आरपीएमा १४ पीएस पावरका साथै, ६ हजार आरपीएमा १३.४ एनएम टर्क उत्पादन गर्छ ।
यसको फ्रन्टमा २४० एमएमको डिस्क ब्रेकको साथै रियरमा १३० एमएमको ड्रम ब्रेक युनिट दिइएको छ । सुरक्षालाई मध्यनजर गर्दै यस मोटरसाइलमा एन्टीलक ब्रेकिंग सिस्टम (एबीएस) सहित आएको छ ।
यसको सबै भेरिएन्टका बाइकको हेडल्याम्प ब्रोज, ब्याज, साइड प्यानल मेस र ग्रायाब रेलमा नियोन हाइलाइट राखिएको छ ।


