यामाहाले भारतीय बजारमा नयाँ मोटरसाइकल एमटी-१५ सार्वजनिक गर्ने तयारी गरेको छ । जनवरी २०१९ मा सार्वजनिक हुने यो मोटरसाइकल आर-१५ स्ट्रीट भाइटर नेकेड भर्सनको रुपमा आउन लागेको हो ।
आर-१५ भि-३ र एमटी-१५ नेकेड बाइकबीच धेरै नै समानताहरु रहेका छन् । यद्यपी यी दुई मोटरसाइकलको डिजाइनलगायतका अन्य फिचरहरु फरक देखिन्छन् ।
आर-१५ भि-३ को इन्जिनमा आधारीत रहेर निर्माण गरिएको बाइकमा धेरै फिचर उस्तै रहेको छ ।एमटी-०९ बाट प्रेरीत रहेर एमटी-१५को डिजाइन गरिएको छ । जसका कारण यस मोटरसाइकलको डिजाइन युनिक देखिन्छ ।
यसमा फुल एलइडी बगआई हेडल्याम्प दिइएको छ । बाइकमा प्रयोग गरिएको डिजिटल क्लस्टर यामाहा आर १५ भि३ को क्लस्टर रहेको छ ।
यामाहाको एमटी-१५ र आर-१५ भि-३ बाइकको राइडिङ पोजिशन फरक रहेका छन् । आर-१५ मा ह्यान्डलबारमा क्लिप दिइएको छ भने, रियरमा फुट पेज दिइएको छ ।
बाइक सुरुवाती तथा मध्यम रेन्जमा उत्कृष्ट पावर रहेको छ ।
३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ ।
एमटी-१५ नेकेड बाइकमा सिंगल पिस ह्यान्डल बार दिइएको छ भने, लोवर सिट हाइट रहेको छ, जसले आर-१५ भि३ को तुलनामा राइडिङ सहज हुन्छ ।
एमटी-१५ को लम्बाई १९५५ एमएम, चौडाई ७९५ एमएम, उचाई १०६५ एमएम र ह्वीलबेस १३५० एमएम रहेको छ । एमटी-१५ मा आर-१५ मोटरसाइकलमा भन्दा धेरै ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
बाइकमा १५५ सीसी, सिंगल सिलिन्डर एसओएचसी इन्जिन दिइएको छ । जसले १९.५ एचपी पावर र १५ एनएम टर्क उत्पादन गर्छ ।
भारतीय बजारमा एमटी-१५ को मूल्य १ लाख १० हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ । यस बाइकले हालै मात्र सार्वजनिक भएको केटीएम डुक १२५ सँग प्रतिस्पर्धा गर्नेछ ।
भारतीय बजारमा सार्वजनिक भएको केही समयमा नै एमटी १५ नेपाली बजारमा प्रबेश गर्ने अनुमान लगाइएको छ ।
यामाहाको एमटी ०९ स्ट्रीट फाइटर र सुपर स्र्पोटस् बाइक आर१५ भि३ को फ्युजनमा तयार पारिएको यो बाइक यसको पावर, लुक्स, मूल्य र यसमा प्रयोग भएको नयाँ प्रबिधीका कारण यो बाइक भारतीय तथा नेपाली बजारमा समेत आर-१५ भि-३ जस्तै सफल हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।

