इन्जिनियरिङ कलेजमा अटो रोर्वटीक कार कम्पीटीसन

काठमाडौं । फिफा स्पोर्ट ग्रान्ट प्रोगामको ‘१०० युथ आवर फियुचर’ अभियान अन्तर्गत हिजो आइतवार काठमाडौं इन्जिनियरिङ कलेजमा रोर्वटीक कार कम्पीटीसन सम्पन्न भएको छ । 

नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा ) र काठमाडौँ इन्जिनीरिंग कलेज (केइसी) द्धारा आयोजित सो प्रतियोगितामा १३ वटा टीमबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको अन्तिम खेलमा सुपर डेविल्स टीमलाई ४ सेकेन्डको अन्तरले पराजित गरि ब्ल्याक एण्ड ह्वाईट टीम पहिलो भएको थियो । 

बिजयी टीमका बिजय पौडेल, सोनी ठकुरी र सदिक्क्षा  आचार्यलगायत प्रतियोगिताका सबै प्रतिस्पर्धीलाई नासाका अध्यक्ष दशरथ रिसाल, सचिव सुसिल तान्डुकर, आइएइका सचिव प्रवेश पौडेल र केइसी कलेजका प्राध्यापक तथा यस अभियानका संयोजक मन्चन तिवारीले प्रमाणपत्र वितरण गरेका थिए । 

‘१०० युथ आवर फियुचर’ अभियान अन्तर्गत काठमाडौँ इन्जिनीरिंग कलेजका १०० जना विद्यार्थीलाई विभिन्न तालिम दिईने र अन्य प्रतियोगितामा सहभागिता गराइने छ । साथै, बिभिन्न कार्यक्रममा उत्कृष्ट भएका ७ जनालाई आगामी फेब्रुवरीको दोस्रो हप्ता सिङ्गापुर भ्रमणमा लगि त्यहाँ के–१ रेसिङ सर्किटमा गोकार्ट्स तालिम दिइने जानकारी नासाका महासचिव गोविन्द भट्टराईले दिए । 


Back_to_top