स्कोडाले स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने ‘जेनेभा मोटर शो २०१९ मा’ नयाँ क्रशओभर एसयूभी सार्वजनिक गर्ने भएको छ । नयाँ क्रशओभरमार्फत् कम्पनीले आफ्नो एसयूभी रेन्जलई बढाउने विश्वास लिएको उल्लेख गरेको छ ।
नयाँ क्रशओभरको आधिकारीक टिजर सार्वजनिक गर्दै स्कोडाले उक्त मोडलप्रति कम्पनीको निकै अपेक्षा रहेको बताएको हो ।
नयाँ एसयूभीमा आकर्षक एलईडी हेडल्याम्पकासाथै डे–टाइम रनिङ्ग लाइट र इन्टीग्रेटेड इन्डिकेटर्स दिइएको छ । नयाँ क्रशओभरको सिट केही हाइटमा राखिएको छ । यसो गर्दा चालकले अगाडिको दृश्य राम्ररी देख्न सक्ने कम्पनीले उल्लेख गरेको छ । यसकासाथै, कारमा निकै राम्रो ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
स्कोडाकाअनुसार, नयाँ क्रशओभर एसयूभी क्यारोक र कोडियाकको जस्तै नयाँ अर्बान एसयूभीलाई मध्यनजर गरेर निर्माण गरिएको हो । यो मोडल फक्सवागेन ग्रुपको एभक्यूबी अवधारणामा तयार पारिएको हो ।
स्कोडा र फक्स–स्वागेनको सहकार्यमा निर्माण भएको एसयूभीमा विभिन्न आकर्षक विशेषता समेटिने अपेक्षा गरिएको छ । कम्पनीले उक्त मोडलको विषयमा थप जानकारी भने सार्वजनिक गरेको छैन । जेनेभा मोटर शो आगामी मार्च ७ देखि १७ तारिखसम्म आयोजना हुनेछ ।

