उपत्यकामा हट्यो जोर–बिजोर प्रणाली, सबै सवारी साधन चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सवारी साधनमा लाग्दै आएको जोर–विजोर प्रणाली हटाइएको छ । उपत्यका भित्र संचालनमा आउने सार्वजनिक तथा निजी सवारी साधनमा आजेदेखि जोर–बिजोर प्रणाली हटाइएको हो।

जोर बिजोर प्रणाली हटाइएसँगै अब माइक्रो बस, टेम्पो जस्ता साना सवारी साधनसमेत चल्न पाउने भएको छ ।

उपत्यका भन्दा बाहिरी जिल्लाबाट उपत्यका प्रवेशमा केही सहजता बनाइएको छ । जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर उपत्यका प्रेवश गर्न पाइने भएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर सवारी साधनको सिट क्षमता बराबर मात्र यात्रु बोक्न पाइने छ ।

माइक्रोको हकमा भने ९ जना यात्रुभन्दा धेरै बोक्न पाइने छैन।


Back_to_top