केही सयमपछि ट्राफिक प्रहरीको १०३ मा एसएमएस पनि गर्न सकिने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले १०३ एसएमएस समेत गर्न सकिने सेवा सञ्चालनमा ल्याउने भएको छ । 

यसअघि फोनबाट मात्रै ट्राफिक जानकारी लिन तथा गुनासो गर्न पाइने व्यवस्था भएकोमा अब महाशाखाले एसएमएस सेवासमेत संचालनमा ल्याउन लागेको हो । 

महाशाखा कार्यलय प्रमुख बसन्त पन्तका अनुसार चाँडै नै ट्राफिक महाशाखाले १०३ एसएमएस संचालनमा ल्याउने छ । 

‘हामी त्यही विषयमा काम गरिरहेका छौँ, चाडै एसएमएस मार्फत गुनासो लिने र जानकारी दिने काम सुरु गर्ने छौँ,’ पन्तले भने । त्यसको लागि अब केही समय भने कुर्नु पर्नेछ ।


Back_to_top