कान्तिपथमा यामाहाको ‘अपग्रेडेड’ शोरुम, फाइनान्स सुविधासमेत उपलब्ध हुने

काठमाडौं । यामाहाका मोटरसाइकल तथा स्कुटरप्रति बढ्दै गएको क्रेजलाई मध्यनजर गर्दै एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट काठमाडौंको व्यापारिक केन्द्र कान्तिपथ, जमलमा थप सुविधासहितको यामाहाको ‘अपग्रेडेड’ सोरुम सुरु गरेको छ । 

एमएडब्लु इन्टरप्राइजेजले नयाँ डिलर सम्मान इन्टरप्राइजेजमार्फत ग्राहकले सेल्स, सर्भिस र स्पेयर पार्टस्सहित एक्सचेन्ज र स्पट फाइनान्सको सुविधा पाउने जनाएको छ । 

नयाँ सोरुमको उद्घाटन मिस नेपाल २०१८ श्रृंखला खतिवडाले गरेकी थिइन् । उद्घाटनका क्रममा बोल्नुहुँदै एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु अग्रवालले नयाँ सोरुम पहिलेभन्दा अझ बढी परिष्कृत, व्यवस्थित र ग्राहकमैत्री हुने बताए । 

‘मलाई विश्वास छ, सम्मान इन्टरप्राइजेजले यामाहाप्रति ग्राहकको विश्वासलाई अझ बलियो बनाउनेछ र नयाँ उचाइमा पु¥याउनेछ’ अग्रवालले भने ।

सम्मान इन्टरप्राइजेजका प्रबन्ध निर्देशक सुरज मानन्धरले यामाहा ब्रान्डसँग विगत दुई दशकदेखि नजिक रहेको र अटुट विश्वासकै कारणले यो सम्भव भएको बताए । 

‘आफूले सधैं विश्वास गरेको ब्रान्डसँग अझ नजिक हुन पाउनु मेरो लागि गौरवको कुरा हो ।’ भन्दै मानन्धरले भने ‘मेरो एउटै मात्र उद्देश्य ग्राहकको पूर्ण सन्तुष्टि हुनेछ ।’ मानन्धर लामो समयदेखि यामाहालगायत एमएडब्लुको विभिन्न डिभिजनको नेतृत्व तहमा कार्यरत थिए । 

सम्मान इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधि जडित यामाहाका लोकप्रिय मोटरसाइकल र स्कुटरहरुको एक्सचेन्ज र फाइनान्सको समेत सुविधा पाउने छन् । 

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युलइन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ । 


Back_to_top