भारतीय एसयूभी एक्सपर्ट महिन्द्राको बहु–प्रतिक्षित कम्प्याक एसयूभी एक्सयूभी–३०० को सेफ्टी–फिचरको भिडियो सार्वजनिक भएको छ । यसको आधिकारीक लन्चिङ्ग भारतमा आगामी फेब्रुअरी १४ मा हुने जनाएको छ ।
अफिसियल लन्चिङ्ग डेट नजिकिँदै गर्दा महिन्द्राले यो फिचर भिडियो सार्वजनिक गरेको हो । स्याङ्गयोङ्गको टिभोलीको प्ल्याटफर्ममा बनेको यो एसयूभीमा सेग्मेन्टमै पहिलो ७ वटा एयरव्यागहरू रहका छन् ।
कम्पनीले यसलाई चिता–इन्पायर्ड कम्प्याक एसयूभीको नामले ब्रान्डिङ्ग गरेको छ । यो एसयूभी बोल्ड डिजायन तथा अत्याधुनिक फिचरहरूले सुसज्जित रहेको छ । यसमा भारतीय सरकारले ल्याउन लागेको नयाँ सेफ्टी–स्ट्याण्डर्ड पूरा गरेको कम्पनीले जनाएको छ ।
यस एसयूभीमा नयाँ सेफ्टी–रेगुलेसनअनुसार एबीएस, ईबीडी, ईएसपी, चारवटा पावर–विण्डो, हिलहोल्ड असिस्ट, ७ वटा एयरव्याग, ४ वटै चक्कामा डिसब्रेक, आईएसओ फिक्स–चाइल्ड सिट–माउन्टस्, अगाडि र पछाडि दुबै साइडमा पार्किङ्ग सेन्सर, रियर फग–ल्याम्प, रिभर्स क्यामेरा आदि फिचरहरू यो भिडियोमा हाइलाइट्स गरिएको छ ।
यस कम्प्याक्ट एसयूभीको लम्बाई ३९९९ एमएम रहेको अनुमान गरिएको छ भने चौडाई १७९० एमएम रहेको छ । १६०० एमएम हाइट रहेको यस गाडीको ह्वीलबेश–२५०० एमएम रहेको छ । २०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस गाडीमा ३३० लिटरको बुट–स्पेश रहने अनुमान गरिएको ।
यो एसयूभी हालै तयार भएको १.२ लिटर फोर–सिलिन्डर जी–८० टर्बोचार्ज्ड पेट्रोल इन्जिनमा आउनेछ । यो इन्जिनले १४० बीएचपी पावर तथा २०० एनएम–टर्क उत्पादन गर्छ । त्यस्तै, १.५ लिटरको डिजेल इन्जिन अप्सनमा पनि यो एसयूभी उपलब्ध रहनेछ, जसले १२३ बीएचपी पावर ३०० एनएम–टर्क उत्पादन गर्नेछ । यसलाई कम्पनीले फाइभ–स्पीड म्यानूअल गियर–बक्स र सिक्स–स्पीड अटोमेटीक गियरबक्समा ल्याउनेछ ।
ठूलो टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, क्याबिनमा लगाइएको मूड–लाइट, मल्टीफङ्ग्सन थ्री–स्पोक स्टेरिङ्ग ह्वीलले गाडीलाई निकै आकर्षक बनाएको छ । एप्पल कार–प्ले र एन्ड्रोइड अटोले कारलाई निकै आधुनिक देखाएको छ । फ्यूचर–कार, मोर्डन कनेक्टीभिटी र लग्जरीयस–सिटले गाडीलाई निकै आकर्षक बनाएको छ ।
निकै आकर्षक डिजाइन रहेको यो एसयूभीमा केही फिचर एक्सयूभी–५०० बाट लिइएको छ । यस एसयूभीको अगाडिको फ्रन्ट–ग्रिल एक्सयूभी–५०० को जस्तै ठूलो रहेको छ । यसमा दिइएको क्रोम निकै एग्रेसिभ रहेको छ । प्रोजेक्टर हेडल्याम्पसँगै एलईडी डेटाइम रनिङ्ग–लाइट दिइएको छ । इन्ट्रीगेटेड फगल्याम्पकासाथ अगाडिको मस्कुलर बम्परले गाडीलाई निकै उत्कृष्ट देखाएको छ । यसमा दिइएको स्पोर्टी र बोल्ड अलोय ह्वील, कालो क्लाडिङ्ग आर्क ह्वील रहेको छ । स्पोर्टी रुफटपले यसलाई अझ बढी स्टाइलिस बनाएको छ ।
यस एसयूभीलाई कम्पनीले करिब ८ लाखदेखि १२ लाख भारतीय रुपैयाँको हाराहारी मूल्य तोक्ने अनुमान गरिएको छ । भारतमा यसको बुकिङ्ग सुरु भइसकेको छ र हाल २० हजार तिरेर यसको बुकिङ्ग गर्न सकिने जनाइएको छ ।
यसले भारतीय बजारमा मारुती सुजुकीको बजार हिस्सामा ठूलो फरक पार्ने अनुमान गरिएको छ । साथै, कम्प्याक्ट एसयूभी सेग्मेन्टमा रहेका फोर्ड ईकोस्पोर्ट, टाटा नेक्सन र होन्डा भीआर–भीको बजारमा पनि असर गर्ने आँकलन सुरु भएको छ ।

