काठमाडौं । अन्तत काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा सञ्चालन गरेको स्मार्ट पार्किङको शुल्क घटाएको छ ।
स्मार्ट पार्किङ सञ्चालन भएदेखि नै शुल्क महंगो भएको भन्दै सर्वसाधारणबाट विरोध भएपछि महानगरले आर्थिक विधेयक, २०७६ को करसम्बन्धी व्यवस्था संशोधन गरेर शुल्क घटाएको हो ।
अब दुई पांग्रे सवारी साधनको प्रति घण्टाको १५ रुपैयाँ तोकिएको छ । यस अघि प्रति घण्टाको २५ रुपैयाँको दरले पार्किङ शुल्क उठाउँदै आएको थियो ।
आइतबार नगरसभाको बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट तथा छलफल कार्यक्रम भएको छ । बजेटमाथिको छलफल सोमबार पनि हुनेछ ।


