४० प्रतिशत गल्ति गर्दा पनि लाइसेन्स पाइने

काठमाडौं । सरकारले लाइसेन्स वितरण प्रणालीलाई परिमार्जन गर्ने भएको छ । यसअघि सामान्य गल्तिमा पनि लाइसेन्स नपाउने अवस्था रहेकोमा अब भने ट्रायल दिदाँ ४० प्रतिशत गल्ति गर्दा पनि लाइसेन्स पाइने भएको छ ।

यातायात व्यवस्था विभागले हालको मापदण्डमा परिमार्जन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेश गरेको हो ।

हालको प्रस्तावअनुसार ट्रायल परिक्षामा सामान्य गल्तिले पनि फेल हुने अवस्था रहेकोम अब कुनै सानो गल्तीले ट्रायल फेल नहुने यातायात व्यवस्था विभागले पेश गरेको प्रस्ताव उल्लेख गरिएको विभागले जनाएको छ ।

नयाँ ट्रायल व्यवस्थ अनुसार समग्र प्रक्रियालाई १०० अंकको पूर्णाक हुने र त्यसमा ६० अंक ल्याउनेहरू पास हुनेछन् ।


Back_to_top