फेब्रुअरीमा स्वीफ्ट फेसलिफ्ट आउने, यस्तो छ परिमार्जन

काठमाडौं । मारुती सुजुकीले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टको फेसपिलफ्ट मोडल आगामी फेब्रुअरीमा ल्याउने भएको छ । कम्पनीले सन् २०१८ मा स्वीफ्टको नयाँ जेनेरेशन मोडल बजारमा ल्याएको थियो । अब यसको फेसलिफ्ट ल्याउन लागेको हो ।

मारुती सुजुकी स्वीफ्ट कम्पनीको सर्वाधिक विक्री हुने ह्याचव्याक कार हो । नेपालमा पनि सन् २००५ देखि नै स्वीफ्ट विक्री वितरण हुँदै आएको छ । भारतमा सन् २०१८ मा नयाँ जेनेरेशन स्वीफ्ट आएको दुई महिना भित्रै नेपाल आएको थियो । यस्तोमा फेसलिफ्ट मोडल पनि चाँडै नेपाल आउने अनुमान गर्न सकिन्छ ।

नयाँ फेसलिफ्ट मोडलमा कम्पनीले यसअघिको इन्जिन परिवर्तन गर्न लागेको छ । अब स्वीफ्टमा के१२एन ड्यूलजेट इन्जिन दिइने छ । उक्त इन्जिनले यसअघिको के१२एम इन्जिनको तुलनामा धेरै पावर प्रदान गर्ने छ ।

नयाँ १.२ लिटर ड्यूलजेट इन्जिनले ९० हर्स पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसअघिको के१२ एम इन्जिनले ८३ हर्स पावर प्रदान गथ्र्यो । यसमा फोर सिलिण्डर इन्जिन दिइएको छ ।

पाँच स्पीड म्यानुयल र ५ स्पीड एएमटी गियरबक्समा आउने फेसलिफ्ट स्वीफ्टको एक्सटेरियरमा केहि परिमार्जन देख्न सकिन्छ । साथै, यसको इन्टेरियरमा फेब्रिकेसनमा परिमार्जन देख्न सकिने छ ।


Back_to_top