नयाँ जेनेरेशन मारुती सुजुकी ब्रेजामा व्यापक परिमार्जन हुने

काठमाडौं । मारुती सुजुकीले सन् २०१६ मा पहिलोपटक बजारमा ल्याएको सब फोर मिटर एसयूभी भिटारा ब्रेजाको नयाँ जेनेरेशन मोडल सन् २०२१ को अन्त्यसम्ममा आउने भएको छ । कम्पनीले सुरुमा डिजेल इन्जिनमा मात्रै ल्याएको ब्रेजालाई सन् २०२० मा पेट्रोल इन्जिनमा मात्रै ल्याएको थियो ।

अब भने कम्पनीले यसको पूर्णत नयाँ जेनेरेशन मोडल ल्याउने भएको हो । नयाँ जेनेरेशनमा पेट्रोल र डिजेल दुबै इन्जिन रहने छ । कम्पनीले ब्रेजामा पुरानो १.३ मल्टीजेट डिजेल इन्जिनमा आधारित नयाँ इन्जिन डेभलप गरिरहेको छ । उक्त नयाँ इनिजनलाई कम्पनीले पहिलो पटक ब्रेजामा प्रयोग गर्ने तयारी गरिरहेको समाचारहरु बाहिर आएका छन् ।

कम्पनीले नयाँ जेनेरेशन ब्रेजा अहिलेको तुलनामा निकै बक्सी र बल्की डिजाइनमा आउने अनुमान गरिएको छ । यसमा अगाडि निकै बोल्ड ग्रिल, व्ल्यूफ नोज र सार्प एलइडी लाइटको प्रयोग गर्ने छ ।

नयाँ जेनेरेशन ब्रेजा हार्टकेट टेक्नोलोजीमा आधारित रहेर आउने छ । यो टेक्नोलोजीमा बन्ने गाडी तुलनात्मक रुपमा बढी सुरक्षीत र भारबहन गर्न सक्ने क्षमता बढी हुने गर्छ । साथै, यसमा बन्ने कारहरु बढी आधुनिक र फ्यूचरिस्टीक हुने छ । कनेक्ट फिचर र अत्याधुनिक सुरक्षा फिचर यसमा रहने छ । कम्पनीले यसमा स्मार्ट हाइब्रिड टेक्नोलोजी प्रदान गर्ने छ ।

भारतमा सर्वाधिक बजार हिस्सा ओगटेको मारुती सुजुकीले यसवर्ष ४ नयाँ कार बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले अल्टो ८०० को नयाँ जेनेरेशन, स्वीफ्ट फेसलिफ्ट, नयाँ जेनेरेशन सेलेरियो र नयाँ जेनेरेशन ब्रेजा २०२१ भित्रै बजारमा ल्याउने छ ।


Back_to_top