होन्डाले भारतमा बनाउने भयो १२५ सीसीको नयाँ मोटरसाइकल

काठमाडौं । होन्डाले भारतीय बजारमा १२५ सीसी क्षमतामा नयाँ प्रडक्ट ल्याउने तयारी गरेको छ । होन्डा इन्डियाले यहि जनवरी ८ तारिखमा नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ता गराएको हो ।

भारतमा होन्डा स्कुटर सेग्मेन्टमा निकै सफल रहेको छ भने, १२५ सीसी क्षमताको होन्डा साइन कम्पनीको सर्वाधिक सफल मोटरसाइकल हो । यस्तोमा कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको लाइफस्टाइल प्रडक्ट ग्रोमको भारतमा ट्रेडमार्क दर्ता गराएको हुन सक्ने अनुमान गरिएको छ ।

होन्डाले आफ्नो सानो मोटरसाइकल नेभीको भारतमा उत्पादन बन्द गरेका कारण कम्पनीले यहि स्थानमा नयाँ मोटरसाइकल ल्याउन लागेको अनुमान गरिएको छ । यद्यपी नेभीको तुलनामा यसको मूल्य बढी हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले अहिलेको तुलनामा अल्लि ठूलो साइजमा नै नेभीलाई नै पनि ल्याउन सक्ने अनुमान गर्न सकिन्छ । नेभीमा अहिले ११० सीसी क्षमताको इन्जिन रहेको छ । भारत कम मूल्यका मोटरसाइकलको लागि उत्तम बजार मानिन्छ । त्यसैले कम्पनीले यसलाई केहि ठूलो साइजमा ल्याउन सक्ने अनुमान गरिएको हो । सम्भवत नयाँ मोटरसाइकल सन् २०२२ को पहिलो क्वाटरसम्ममा बजारमा आउने छ ।


Back_to_top