नयाँ आउँदै गरेका दुई एसयूभी ‘टाइगुन र कुशक’मा कति फरक

काठमाडौं । फक्सवाग र स्कोडाले भारतमा उत्पादन गर्ने दुई छुट्टै एसयूभी केहि महिना भित्रै बजारमा आउने भएको छ । दुबै कम्पनीले भारतलाई केन्द्रमा राखेर ‘भिजन इन’ कन्सेप्ट अगाडि ल्याउका थिए । उसोत स्कोडा पनि फक्सवागन ग्रुप अन्तर्गगकै कम्पनी हो ।

फक्सवागनले भारतीय बजारको नेतृत्व स्कोडालाई दिएका कारण भारतमा फक्सवागन र स्कोडाको रणनीति एउटै हुने गर्छ । दुई अलग ब्राण्ड नेम भएपनि यी दुई कम्पनीले प्रयोग गर्ने सबै फिचर, इन्जिन र पार्टस भने समान रहने छन् । यस्तोमा एउटै सेग्मेन्टमा आउन लागेका यी दुई एसयूभीमा कति फरक रहला भन्ने अनुमान लगाउन कठिन हुन्छ ।

विशेषत अहिले बजारमा चल्तीका हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्स जस्ता एसयूभीसँग प्रतिस्पर्धा गर्न दुबै कम्पनीले नयाँ एसयूभी ल्याउन लागेका छन् । स्कोडा र फक्सवागन दुबै कम्पनीले भारतमा अटो एक्स्पो २०२० मा यी एसयूभीको कन्सेप्ट फर्म सोकेस गरेका थिए । अहिले भारतका विभिन्न क्षेत्रमा यी दुबै एसयूभीको परिषण भइरहेको तस्विरहरु बाहिर आइरहेका छन् । साथै, दुबै कम्पनीले टिजरहरु सार्वजनिक गर्दै आएका छन् ।

स्कोडाले आफ्नो नयाँ एसयूभीको नाम कुशक राखेको छ भने फक्सवागनले यसको नाम टाइगुन राखेको छ ।

इन्जिन

दुबै एसयूभीमा समान १.० र १.५ लिटरको टीएसआई पेट्रोल इन्जिन रहनेअनुमान गरिएको छ । यी एसयूभीमा प्रयोग हुने १.० लिटरको इन्जिन राखिएमा ६ स्पिड म्यानुअल र अटोमेटिक गियरबक्स रहने छ भने, १.५ लिटरको टीएसआई इन्जिनमा ७ स्पिड डीसीटी इन्जिन हुनेछ ।

कम्पनीको १.० लिटर इन्जिनले अधिकतम ११० पीएस पावर र १.५ लिटर इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्ने छ ।

अन्य विशेषता

भिजन इन्डिया प्लान अन्तर्गत बन्दै गरेका यी दुबै नयाँ एसयूभी ‘एमक्यूबी ए–जिरो इन’ प्ल्याटफर्ममा बनिरहेका छन् । यी दुबै एसयूभीमा एलईडी हेडल्याम्प र हेलोजिन फग लाइट रहने छ ।

अलोय ह्वील, एलइडी टेल लाइट, स्पोइलर सहितको स्टप ल्याम्प, लेदरले मोरिएको स्टेरिङ ह्वील, स्टेरिङ माउन्टेड कन्ट्रोल र टचस्क्रिन इन्फोटेन्मेन्ट, अल ह्वील ड्राइभ सिस्टम जस्ता फिचर उपलब्ध रहने अनुमान गरिएको छ ।

फक्सवागनका गाडी नेपालमा पुजा इन्टरनेशनल र स्कोडाका गाडी नेपालमा एमएडब्ल्यू इन्टरप्राइजेजले विक्री गर्दै आएका छन् । यी दुबै एसयूभी भारतमा सार्वजनिक भएको केहि समयपछि नेपाल आउने छन् । संभवत आगामी नाडा अटो शो २०२१ बाट यसको नेपालमा विक्री सुरु हुने छ ।


Back_to_top