हिरो एक्सपल्स २०० को मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । हिरोको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले आफ्नो सर्वाधिक चर्चित मोटरसाइकल एक्सपल्स २०० को मूल्य बढाएको छ । कम्पनीले एक्सपल्स २०० मा ३ हजार ५०० रुपैयाँले मूल्य बढाएको हो ।

कम्पनीले यसअघि एक्सपल्स २०० को मूल्य ३ लाख ८८ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएकोमा यसको मूल्य बढाएर अहिले ३ लाख ९१ हजार ५०० रुपैयाँ निर्धारण गरिएको हाे ।

‘इन्डियन मोटरसाइकल अफ दि इयर २०२०’ अवार्ड जित्न सफल हिरो एक्सपल्सले नेपालमा पनि निकै राम्रो बजार पाइरहेको छ । कम्पनीले नेपालमा एक वर्षमा ४ हजार यूनिट एक्सपल्स विक्री गर्न सफल भएको जानकारी दिएको छ ।

मोर्डन रेट्रो र फङ्सनल डिजाइनमा निर्माण गरिएको एक्सपल्स २०० मोटरसाइकलमा आकर्षक फ्युल ट्यांकी लगाइएको छ । राउन्ड हेडल्याम्प, आर्कषक टेलाइट, इन्जिन किल स्विच, रियर ग्राब रेल, फ्रन्ट साइडमा लगाइएको विन्ड स्क्रिनले मोटरसाइकललाई निक्कै आकर्षक बनाएको छ ।

हिरो एक्सपल्समा २०० सीसी, सिङ्गल सिलिन्डर टु भल्भ इन्जिन दिएको छ । उक्त इन्जिनले १८.१ बीएच पावर र १७.१ एनएम टर्क प्रदान गर्छ । यसमा फाइभ–स्पीड गियरबक्स दिइएको छ ।


Back_to_top