एमजी हेक्टरमा रहेका १० सेग्मेन्ट फर्स्ट फिचर, नेपाल ल्याउने तयारी सुरु

काठमाडौं । बेलायती कार ब्रान्ड एमजीले भारतीय बजारमा दमदार प्रवेशको तयारी गरिरहेको छ । एमजीले भारतमा प्रिमियम एसयूभी मार्फत आफ्नो उपस्थिति मजबुत बनाउन लागेको हो  । 

एमजी इन्डियाले भारतीय बजारमा ल्याउने भएको हेक्टरमा विभिन्न आकर्षक विशेषता समेटिएको छ । कम्पनीले गत १५ मेमा भारतीय मिडियालाई गाडी देखाएको थियो । भारतीय बजारमा आक्रमक बजार बिस्तारको लक्ष्यसहित प्रबेश गरेको कम्पनीले नयाँ उत्पादनको प्रोशन सुरु गरिसकेको छ ।

यससँगै भारतीय बजारमा भन्दा पहिलादेखि नेपाली बजारमा रहेको एमजीले आफ्नो भारतीय उत्पादनलाई नेपाली बजारमा ल्याउने निश्चित जस्तै रहेको छ । हेक्टरले, जीप कम्पास, एक्सयुभी ५००, टाटा ह्यारिएरजस्ता उत्पादनसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ ।

यस्तोमा यसमा सेग्मेन्ट फर्स्ट फिचर के के रहेका छन् भन्ने कौतुहलता हुनु स्वभाबिक हो । त्यसैले तपाईको यही जिज्ञासा मेटाउने प्रयास हामीले गरेका छौँ । 

इन्टरनेट कनेक्टीभीटीसँगै ओटिए सिस्टम 

एमजी हेक्टरमा भिआइए सिम र ५० बढि प्राविधीक विशेषता दिइएको छ । यस मार्फत इन्टरनेट कनेक्टीभीटी सिस्टमसँगै ओभर द इयर ओटिए सफ्टवेयर अपडेट गरिएको छ । यस्तै हेक्टरमा जिओफेन्सिङ सुविधा उपलब्ध रहेको छ । जसले कार मालिकलाई कारको अवस्थाबारे सूचित गर्ने छ । 

यसमा उपलब्ध मोबाइल एप्लीकेशनले आधारभुत फक्शनलाई संचालित गर्ने गर्छ । रिमोटको माध्यमबाट चल्ने हुनाले यसको एसी, सनरुफ, डोर, विन्डोलगायतलाई आवाजले नियन्त्रण गर्न सकिन्छ । 

४८ भोल्ट माइल्ड टेक्नोलोजी 

हेक्टरको पेट्रोल भर्सनमा मात्रै यो प्रविधिको समेटिएको छ । यसले १२ प्रतिशतसम्म माइलेज बढाउनुका साथै ११ प्रतिशतसम्म प्रदुषण घटाउने कम्पनीको दाबी छ । माइल्ड हाइब्रिड प्रणालीले कम गतिमा २० एनएम टर्क बढी जेनेरेट गर्ने क्षमता प्रदान गर्ने कम्पनीको दाबी छ । 

१०.४ इन्च एचडी  टचस्क्रिन सिस्टम

हेक्टरमा १०.४ इन्च टचस्क्रीन सहितको इन्फोटेनमेन्ट सिस्टम रहेको छ  । यसमा ३६० डिग्री रिभर्स क्यामराको साथै इनब्युल्ट सेटलाइट नेभिगेसन सिस्टम, प्रि–इन्स्टल एप्लीकेशन  जडान गरिएको छ । साथै, यसले एक्यू वेदर लगायतका जानकारी दिन्छ । 

एलइडी लाइटिनिंगसँगै डाइनामिक इन्डिकेटर 

हेक्टरमा एलइडी हेडलाइट, टेल लाइट, रियर फग लाइटको विशेषता दिइएको छ । यसमा टर्न इन्डिकेटरसँगै ओआरभीएमएस र एलइडी लाइट, ग्रिलको साइडमा एलइडी डिआरएलएस, बम्परमा मेन हेडलाइट दिइएको छ । एलइडी डिआरएलएसमा डबल डाइनामिक टर्न इन्डिकेटर लगाइएको छ भने, टेललाइट डिजाइनमा आधारित लाइट बार जडान गरिएको छ । 

थ्रि पोइन्ट सिटबेल्ट

एमजी हेक्टरमा सबै प्यासेन्जरका लागि थ्रि पोइन्ट सिटबेल्ट लगाइएको छ । 

फ्रन्ट पार्किङ सेन्सर

सुरक्षाको लागि अत्यावस्यक मानिएको रियर पार्किङ सेन्सर यसमा उपलब्ध छ । फ्रन्ट साइडमा लगाइएको यस सेन्सरले कारलाई थप सुरक्षित महशुस गराउँछ । 

हिटेड ओआरभीएमएस

कारको एक्सटेरियरमा रियर भ्यु मिरर लगाइएको छ । जसले, जस्तोसुकै मौसममा बाहिरको दृश्य प्रष्ट देखाउन मद्धत पुर्याउँछ । यसलाई इलेक्ट्रोनिकल्ली एडजस्टेबल र फोर्डेबल हुने गरि मिलाइएको छ । 

को–ड्राइभर सिट

कारमा चार ओटा तरिकाबाट एडजस्ट हुने पावर्ड को–ड्राइभर सिट दिइएको छ । ड्राइभरको सिट समेट ६ तरिकाबाट एडजस्ट हुने व्यवस्था गरिएको छ । कारमा ड्राइभर, को– ड्राइभरलाई सहज हुनेगरि सिटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

पावर्ड टेलिगेट

यसमा लार्ज साइजको पावर टेलिगेट दिइएको छ जसलाई टच बटनमार्फत बन्द र खोल्न सकिन्छ । 

आठ रंगमा एम्बिएन्ट लाइट

यसको क्याबिनमा एम्बिएन्ट र मुड लाइटिनिंग दिइएको छ । विभिन्न आठ वटा कलरमा आउने लाइटले कारको क्याबिनलाई थप आकर्षक बनाएको छ । 

नेपालमा कहिले ?

नेपालमा एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले भारतीय बजारमा उत्पादन भएको पहिलो एसयूभी हेक्टरलाई नेपाल ल्याउने विषयमा कुराकानी भइरहेको जानकारी दिएको छ । 

यदि सबै काम सरसरती हुने हो भने भदौ १० गतेबाट हुने नाडा अटो शो २०१९ मा हेक्टर शोकेस हुने कम्पनी स्रोतले जानकारी दिएको छ । 


Back_to_top