अनौठो स्कुटर ! पेट्रोल नचाहिने, छतमा सोलार जडान

पेट्रोलियम पदार्थको विकल्पमा बिभिन्न कम्पनीहरुले बिद्युतिय सावरी साधन उत्पादनलाई तिब्रता दिन थालेका छन् । यस्तोमा बिभिन्न कम्पनीहरुले नयाँ नयाँ कन्सेप्टहरु ल्याउन सुरु गरेका छन् । 

यस्तोमा टीभीएस मोटर कम्पनीले सनरुफ युक्त इलेक्ट्रीक तथा हाइब्रिड स्कुटरको निर्माण गर्ने तयारी गरेको छ । सन् २०२२ सम्ममा सार्बजनिक गर्ने लक्ष्य लिएको उक्त स्कुटर रुफयुक्त हुनेछ । कम्पनीले छानामा सोलार प्यानल लगाइएको स्कुटरको तस्विर आफ्नो शोसल मिडियामा पोष्ट गर्दैै उक्त घोषणा गरेको हो । 

स्कुटरमा दिइएको रुफले घाम, पानी र हावाबाट समेत चालकलाई सुरक्षा प्रदान गर्नेछ भने माथि जडान भएको सोलार प्यानल मार्फत ब्याट्री चार्ज गर्न मिल्ने व्यवस्था गर्ने कम्पनीले जनाएको छ ।

स्कुटर चलिरहेको समयमा ब्याट्री चार्ज हुने हुँदा तुलनात्मक रुपमा स्कुटरको रेन्ज बढ्ने कम्पनीले जनाएको छ । यसको रुफ हलुका मेटरियल बाट बन्ने कम्पनीले दाबी गरेको छ ।  

स्कुटरलाई विन्ड ब्लास्टबाट बचाउन विन्ड स्क्रिन, ब्याकरेस्ट र हेडरेस्ट कम्फर्ट पिलन, स्प्लिट स्टाइल पिलन ग्राब रेल दिइएको छ । कम्पनीले यो स्कुटर व्यक्तिगत प्रयोजनका लागि  मात्रै नभई कमर्शियल प्रयोगमा आउने दाबी गरेको छ  । 

कम्पनीले यो स्कुटर सन् २०२० को अटो एक्स्पोमा प्रदर्शन गर्ने कम्पनीले तयारी गरेको अनुमान गरिएको छ । कम्पनीका सीईओ केएन राधाकृष्णले पहिलो इलेक्ट्रीक टुह्वीलर क्रियोन अवधारणामा निर्माण हुने बताएका छन् । यस स्कुटरमा इन्टेलसँगको सहकार्यमा निर्माण भएको स्मार्ट कनेक्टेड फिचर दिइएको उनले बताए  ।

५.१ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्ने यो इलेक्ट्रीक स्कुटरमा १२ किलोवाट लिथियम आयोन ब्याट्री लगाउने कम्पनीले जनाएको छ । 


Back_to_top