भारतीय इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनीले १२ मिनेटमै चार्ज गर्न मिल्ने व्याट्री प्याकमा स्कुटर सार्वजनिक गरेको छ । स्कुटरमा प्रयोग भएको ‘क्लिक’ नामक व्याट्रीलाई १२ मिनेटमै फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।
इलेक्ट्रीक सवारीसाधन संचालनमैत्री बनाउन विभिन्न कम्पनीहरुले आ–आफ्नो तरिकाले काम गरिरहेका छन् भने हरेक दिन नयाँ प्रविधियुक्त सवारीसाधनको विषयमा जानकारी दिइरहेका छन् ।
भारतमा विभिन्न कम्पनीहरुले नयाँ इलेक्ट्रीक मोटरसाइकल तथा स्कुटर सार्वजनिक भइरहेका छन् । यस्तोमा रोवट इलेक्ट्रीक नामक कम्पनीले नयाँ मोटरसाइकल तथा स्कुटर सार्वजनिक गरेको छ ।
कम्पनीले केही दिनअघि सार्वजनिक गरेको उक्त सवारीसाधन २०२० जनवरीदेखि बजार बिक्री सुरु गर्ने जानकारी दिएको छ ।
रोवेट इलेक्ट्रीकले युवाहरुलाई लक्षित गरेर बजारमा ल्याउने तयारी गरेको इलेक्ट्रीक टु ह्वीलर्समा ४ स्कुटर र एक मोटरसाइकल रहने छ ।
ग्राहकले आफ्नो बजेट, रेन्ज र ब्याट्री क्षमता अनुसार आफ्नो सवारीसाधन किन्न पाउन् भनेर सबै फरक फरक रेञ्जमा स्कुटर ल्याउन लागिएको जनाएको छ । स्कुटर तथा मोटरसाइकलमा लिथियम आयोन, लेड एसिड र प्याटेन्टेड ‘क्लिक’ ब्याट्रीको प्रयोग गरिएको छ ।
कम्पनीले यसरी ल्याएको व्याट्री अप्सनमा सबैभन्दा महंगो लिथियम आयोन व्याट्री प्रयोग गरिएका सवारीसाधन छन् भने सबैभन्दा चाँडो चार्ज हुने क्लिक व्याट्री रहेको छ । यी सबै व्याट्रीको रेञ्ज एक पटकको फुलचार्जमा ९० किलोमिटर रहेको छ ।
नेपालमा भने यी स्कुटर र बाइक छिटो उपलब्ध हुने सम्भावना छैन । यसका लागि कम्पनीको आधिकारिक वितरकको रुपमा कुनै प्रतिनिधि नियुक्त हुनु आवश्यक छ ।
नेपालमा पनि करिब एक दर्जन इलेक्ट्री मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने कम्पनी संचालनमा रहेका छन् भने चारपाङ्ग्रे सवारी साधन बिक्री गर्ने कम्पनीसमेत उल्लेखनिय भइसकेका छन् । यो स्कुटर नेपाल आउने वा नआउने भन्ने विषयमा भने अहिल्यै केही भन्नसक्ने अवस्था छैन ।


