काठमाडौं । नेपालका पहाडीबाटहरुमा विशेषत पावरफुल मोटरसाइकलको प्रयोग सहज मानिन्छ । पावर धेरै हुनु भनेको मूल्य धेरै पर्नु हो । यस्तोमा कम मूल्यमा पावरफुल मोटरसाइकल खोज्नु निकै कठिन विषय हुन्छ ।
त्यसमा पनि नेपाल सरकारले लगाउको उच्च करको कारण मोटरसाइकलको मूल्य धेरै नै हुने भयो । महंगो मूल्यको बाबजुद कम्पनीहरु विक्री गर्दै आएका २०० सीसी क्षमताको मोटरसाइकल धेरैको रोजाइमा पर्ने गरेको छ ।
नेपालमा बजाज, टीभीएस, हिरो, केटीएम जस्ता कम्पनीले २०० सीसी सेग्मेन्टमा विक्री गर्दै आएका मोटरसाइकल धेरै युवाहरुको रोजाईमा पर्ने गरेको छ ।

२०० सीसी सेग्मेन्टमा सबैभन्दा धेरै यूनिट मोटरसाइकल विक्री गर्ने कम्पनी बजाज रहेको छ । यो सेग्मेन्टमा बजाज एनएस २०० र बजाज पल्सर २२० एफ नेपालमा सबैभन्दा धेरै विक्री गर्छ । यी दुई मोटरसाइकलले २०० सीसी सेग्मेन्टमा ६५ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेका छन् ।
बजाजले आफ्नो एनएस २०० को टप भेरियन्ट ३ लाख ७८ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ भने पल्सर २२० एफको मूल्य ३ लाख ५० हजार ९०० रुपैयाँ रहेको छ । पल्सर एनएसको अधिकतम पावर २३.५ पीएस रहेको छ ।
त्यसैगरि, २०० सीसीमा नेपालमा पछिल्लो समय हिरो एक्सपल्स २०० अत्याधिक चर्चामा रहेको मोटरसाइकल हो । सन् २०१९ को नाडा अटो शोमा नेपालमा सार्वजनिक भएको हिरो एक्सपल्स २०० नेपालमा अहिले राम्रो व्यापार गर्दै आएको छ ।

नेपाली बजारमा उपलब्ध मध्ये एड्भेन्चर मोटरसाइकलमा कम मूल्य र उत्कृष्ट फिचरका कारण यो मोटरसाइकलको माग उच्च रहेको छ । हिरोले एक्सपल्सको मूल्य ३ लाख ९९ हजार रुपैयाँ रहेको छ । हिरोको एक्सपल्सको पावर १८ पीएस रहेको छ ।
आरटीआर २०० नेपाली बजारमा सफल अर्को मोटरसाइकल रहेको छ । टीभीएसले आरटीआर २०० ले यामाहा एफजेड २५० र एनएस २०० सँग प्रतिस्पर्धा गर्दै आएको छ । यो मोटरसाइकलमा स्मार्ट कनेक्ट तथा एबीएस फिचर थप गरेर केहि समय अगाडि नेपालमा विक्री सुरु भएको छ । २०० सीसी सेग्मेन्टमा यो पनि धेरै विक्री हुने मोटरसाइकल मध्येमा पर्छ । यसको मूल्य ३ लाख ५० हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस आरटीआर २०० ले अधिकतम पावर २०.५ पीएस पावर प्रदान गर्छ । विद्युतीय कारमा चाहिले क्रुसल सेफ्टी फिचर यसमा छुटेको छ । इएसपी र ट्रायक्सन कन्ट्रोल जस्ता फिचर यसमा छैन । तर, आइसी इन्जिनयुक्त नेक्सनमा भने उपलब्ध रहेको छ ।

